ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशक पछि शिक्षक व्यवस्थापनले पायो पुर्णता


admin

रुकुम,२६ कात्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले शैक्षिक अभिवृद्धिका लागी पुर्णरुपमा शिक्षक व्यवस्थापन गरेको छ ।

करिब २ दशक पछि नगरपालिका भित्र रहेका आधारभुत तथा माध्यामिक विद्यालयमा नगरले शिक्षक व्यवस्थापन गरेको हो । विद्यार्थिहरुको अनुपात उच्च भएको तर सिमित मात्रामा शिक्षकहरु हुदा विद्यार्थीहरुको पठनपाठनमा समस्या हुदै आईरहेको थियो ।

नगरपालिका भित्ररहेका ३२ आधारभुत र ९ वटा माध्यामिक गरी कुल ४१ वटा सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गरेको छ । नगरले विद्यालयको माग अनुसार विभिन्न विषयका १२८ जना शिक्षक व्यवस्थापन गरे संगै हाल यस क्षेत्रका विद्यालयको पठनपाठन व्यवस्थित भएको छ । नगर शिक्षा अधिकृत धननजय आचार्यले बताउनुभयो ।

लामो समय देखि शिक्षक अभावमा वहुकक्षा शिक्षण हुदै आईरहेका विद्यालयहरुका लागी नगरले शिक्षक व्यवस्थापन गरे संगै हाल अध्ययन अध्ययापनमा सहज भएको छ । नगर भित्र संचालन रहेका विद्यालयहरुको शैशिक गुणस्तरलाई प्रविधिसंग जोडनको लागी नगरले प्रविधिमैत्री शिक्षा समेत संचालनमा ल्याएको छ ।

शिक्षामा सुधार गर्नुका साथै विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादनमा सहयोग गर्ने उद्देश्यले ३२ जना थप शिक्षक सहजकर्ताको समेत व्यवस्थापन गरेको छ । नगरले विद्यालयमा जानकारी विना उपस्थित नहुने ढिलागरी विद्यालय जाने शिक्षकहरुको तलव समेत रोक्का गरेको थियो ।

विद्यार्थीहरु भित्र लुकेर रहेको सिप र क्षमतालाई प्रस्फुटन गर्नको लागी प्रत्येक विद्यालयमा संगीत र खेलकुद शिक्षकको व्यवस्था गरेको शाखा अधिकृत धननजय आचार्यले बताउनुभयो ।

नगरपालिकाले सवै विद्यालयमा शिक्षकको व्यवस्थाप गरेपछि प्रभावकारी रुपमा अध्ययन अध्ययापन भैरहेको छ । विभिन्न समयमा नगरपालिका बाट अनुगमण तथा मुल्यांक कार्य भैरहेको छ ।

विद्यालयहरुमा शिक्षक व्यवस्थापन संगै नगरले भौतिक व्यवस्थापनको क्षेत्रमा समेत तिव्र गतिमा काम गरीरहेको छ । आर्थिक वर्ष २०७५-०७६ को बजेटमा सवै भन्दा धेरै वजेट शिक्षा क्षेत्रमा छुटयाईएको थियो । कुल वजेटका ४० प्रतिशत रकम शिक्षा क्षेत्रमा नगर विनियोजन गरेको थियो ।

हाल नगरका ११ वटा विद्यालयका भवन निर्माणाधिन अवस्थामा रहेका छन । नगरले शिक्षा क्षेत्रमा गरेको लगानीले निरन्तता पाएमा जिल्लाको चौरजहारी नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर कायम गर्नुका साथै शिक्षा लाई प्रविधिसंग जोडेर आसासित लक्ष्य प्राप्त गर्न सक्ने कुरामा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com