ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाँड, रक्सी बन्दपछि गाँउ शान्त


admin
कार्तिक २६, २०७५ सोमबार  ११ : ५९ बजे

जाजरकोट, २६ कात्तिक । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ ।

समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताउनु ।

गाउँमा लाग्ने सामान्य जात्रा, भेला, बैठकमा समेत मदिराका कारण झगडा हुँदा हप्तैपिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयवासी अब छिमेकी गाउँमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जो कोही अचम्म परेको खत्रीको भनाइ छ ।

छ महीनाअघि मदिरा बनाउने महिला अहिले मदिरा बन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति, सुरक्षा कायम भएको उहाँको भनाइ छ । गाउँका लाग्ने, जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो ।

तिहारमा सधैँ झगडा हुने हल्चोरमा यो पटक झगडा नभएको र मदिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टीका लगाउन आउनुभएकी टीका खत्रीले बताउनुभयो । अब हल्चौरको सिको सबैले सिक्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com