ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको पूर्वमा चुनाव, पश्चिमा राष्ट्र र किभको विरोध


admin

एजेन्सी , २५ कात्तिक । विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले युक्रेनी शान्ति वार्तालाई नोक्सान नगर्न मस्कोसँग पटकपटक आग्रह गरे पनि रुसी समर्थक विद्रोहीले चुनाव गराएका हुन् ।

वासिङ्टन र ब्रसेल्सले युक्रेनको औद्योगिक क्षेत्रहरु रहेको डोनेस्क र लुगान्स्क “जनगणतन्त्र”मा हुने निर्वाचनले द्वन्द्वको शान्तिपूर्ण समाधान गर्ने प्रयत्नमा कठिनाइ आउने बताएका छन् । सन् २०१४ यता भड्किएको पृथकतावादी युद्धका क्रममा १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

युरोपेली युनियनका वैदेशिक नीति प्रमुख फेडेरिका मोघेरिनीले युरोपले यो निर्वाचनलाई अवैध र गैरकानुनी ठहर गर्दै यसलाई मान्यता दिन नसक्ने बताउनुभयो ।

“यो निर्वाचन एक किसिमले लोकतन्त्रमाथिकै मजाक हो,” युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्त भोल्करले बताउनुभयो । गत साता उहाँले भन्नुभएको छ, “हामी रसियालाई यो निर्वाचन रोक्नका लागि आग्रह गर्दछौं ।
” उहाँले यो निर्वाचन पश्चिमा मुलुकहरुको प्रयासमा भएको शान्ति सम्झौताको बर्खिलाप हो भन्नुभयो ।

तर रसियाले यो आग्रहलाई अस्वीकार गरेको छ । रसियाले मतदानले विगतका कुनै पनि सम्झौतालाई असर नगर्ने स्पष्ट गरेको छ ।

मस्कोको भनाइमा गत अगस्टमा डोनेस्क क्याफेमा भएको बम हमलामा डोनेस्क गणतन्त्रका नेता अलेक्जान्डर जाखारचेन्कोको मृत्यु भएपछि रिक्त स्थानमा नयाँ नेतृत्व आवश्यक छ । “मानिसलाई शान्तिसँग बाँच्न र बस्न तथा युक्रेनी अधिकारीहरुले सैन्यबलको प्रयोग गर्ने निरन्तरको धम्की एवं नाकाबन्दीको अवस्थामा शान्ति सुव्यवस्था कायम राख्न नयाँ नेतृत्व आवश्यक छ,” रसियाका विदेशमन्त्रीका प्रवक्ता मारिया जाखारोभाले बताउनुभयो ।

सन् २०१४ मा रसियाले क्रिमियालाई रसियामा गाभेको थियो भने युक्रेनको पूर्वी क्षेत्रमा भड्किएको हिंसालाई समर्थन गरेको थियो । पश्चिमा मुलुकको समर्थन गरेकै कारण युक्रेनमाथि रसियाले यस्तो कदम चालेको युक्रेनको भनाइ छ ।

भिषण युद्ध हालका दिनहरुमा रोकिए पनि सानोतिनो द्वन्द्वले सुरक्षाफौज र आम नागरिकको ज्यान जानेक्रम रोकिएको छैन । विगतमा भएको बहुपक्षीय शान्ति सम्झौताहरु समेत अहिले मृततुल्य अवस्थामा पुगेको विश्लेषकहरुको भनाइ छ ।

जाखारचेन्कोको हत्या पश्चात ३७ वर्षीय डेनिस पुसिलिनले नै यस पटकको चुनाव जित्ने अनुमान गरिएको छ । उनी कट्टर रसिया समर्थक हुन् ।

त्यस्तै लुगान्स्क गणतन्त्रका कार्यवाहक नेता ४८ वर्षीय लिओनिद पासेक्चनिकले लुगान्स्कको चुनाव जित्ने लगभग पक्का छ । दुवै नेताले मस्कोसँगको सम्बन्धलाई थप प्रगाढ र सुदृढ बनाउने सार्वजनिक घोषणा गरिसकेका छन् ।

डोनेस्कमा भेटिएका पोस्टरहरुमा रसियालाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गरिएका छन् ।

तर कतिपय स्थानीयबासीले उम्मेदवारहरुको यस्तो रबैयाप्रति आलोचना गरेका छन् । उनीहरुको मसिनो स्वरलाई सबैले बेवास्ता गरेका छन् ।

एकजना ५० वर्षीय डोनेस्क निवासी युरीले भन्नुभयो, “दुई महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका र रसियाले हाम्रा ठाउँहरु विभाजन गरिरहेका छन् । आशा अझ हराउँदै गएको छ ।”

पछिल्लो पटक सन् २०१४ मा पश्चिमा मुलुकहरु र किभको विरोध भएपनि पृथकतावाद निर्वाचन भएको थियो । पश्चिमा मुलुक र किभले यो निर्वाचनलाई पनि मान्यता दिएका थिएनन् ।

कतिपय किभ समर्थकहरुले यो निर्वाचनमा मतदान नगर्ने बताएका छन् । “यो हास्यास्पद हो, यस निर्वाचनको केही महत्व छैन । म त मतदान गर्न जान्नँ,” थर बताउन नचाहने ३४ वर्षीया तात्यानाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com