ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण


admin
कार्तिक २५, २०७५ आईतबार  २ : ४५ बजे

घोराही, २५ कात्तिक । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो ।

पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गर्नुभएको छ ।

रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ । “च्याउको अचार र सुकुटी मागअनुसार पु¥याउन सकेका छैनौँ,” बुढाले भन्नुभयो । बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानु भएको छ ।

घोराही– १४ का कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा लाग्नुभएको छ । बजार राम्रो देखेपछि उहाँ च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री वितरण गरिरहनुभएको छ ।

“गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ,” उहाँले भन्नुभयो, “च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ ।” अचार र सुकुटी खरीद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उहाँले सामुहिक रुपमा रु सात लाखको लगानीमा सो व्यवसाय थाल्नु भएको हो ।

यहाँ उत्पादन भएको च्याउ दाङबाहेक रुकुम, रोल्पा, प्युठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोखरेल जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको बताउनुहुन्छ ।

“बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो । कार्यालयले यस वर्ष कृषकलाई च्याउको बीउ वितरण गरेको छ भने उत्पादन र प्रशोधन सम्बन्धि तालीम समेत प्रदान गरेको छ ।

जिल्लामा अधिकांश कृषकले दुधे च्याउ, गोब्रे र सिताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com