ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित


admin
कार्तिक २५, २०७५ आईतबार  ११ : ०२ बजे

लहान, २५ कात्तिक । फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ ।

गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएको स्थानीयवासीले बताएका छन् ।

खोलामा फ्याँकिने गरेको फोहरका कारण बजार क्षेत्र तथा राजमार्र्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंह बताउनुहुन्छ । फोहरको उचित व्यवस्थापन नहँुदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको सिंहको भनाइ छ ।

फोहर व्यवस्थापन गरी कुहिने फोहरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुनसक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले त्यसतर्फ उचित ध्यान नदिँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साह बताउनुहुन्छ ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुशी फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने बताए पनि नगरपालिकाले आफँैले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधैँ फोहर फ्याँल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको कथन छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याँल्ने कुनै डम्पिङसाइट नहँुदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहरमैला व्यवस्थापन गरिँदै आएको बताउदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com