ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सौर्य टुकी लिएर डोल्पा पुगे बिद्यार्थी नेता


abc

त्रिपुराकोट(डोल्पा)१६ कार्तिक । दुर्गम हिमाली जिल्ला डोल्पामा अध्ययनरत बिद्यार्थीकालागि सौर्य टुकी बितरण कार्यक्रम लिएर बिद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुगेका छन् । जिल्लाका पन्ध्रवटा माध्यामिक बिद्यालय मध्ये पहिलो चरणमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा बिद्यालयमा ११ लाख २५ हजार मुल्य बराबरका सौर्य टुकी बितरण गर्ने कार्यक्रम अनुरुप नेपालगंञ्जबाट सामान सहित जहाज चार्टर गरेर बिद्यार्थी नेता बुढा डोल्पा पुगेका हुन ।

सदरमुकाम दुनैमा रहको सरस्वती मावि र आदर्श माबि जुफालमा अध्ययरत दुईसय पचासजना बिद्यार्थीलाई सौर्य टुकी बितरण कार्यक्रम अन्तर्गत प्रति बिद्यार्थी एकथानका दरले सोलार बाँडिएको हो । कक्षा ९ र १० मा अध्ययनरतबिशेष गरेर आगामी एस.इ.ई परीक्षामा सामेलहुने गरिब,जेहेन्दार, दलित अल्पसङ्ख्यक र पिछडिएका बर्गका बिद्यार्थीको पढाइलाई लक्षितगर्दै प्रति बिद्यार्थी दश वाटको सोलार बाँडिएको बुढाले बताए ।

सरस्वती माविमा १ सय थान र आदर्श माविमा १ सय ५० थान सोलार बितरण गरिएको थियो । सरस्वती मावि दुनैमा बिहिबारनै सोलार बितरण गरिएको थियो भने आदर्श माबि जुफालमा शुक्रबार बिशेष कार्यक्रमका बिच बितरण गरिएको थियो ।

अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य समेत रहेका बुढाका अनुसार सदरमुकाम दुनै र एयरपोर्टमा भरपर्दो बत्तीको सुविधा नहुँदा बिद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको कुरालाई ध्यानमा राखेर उनीहरुको सुनौलो भविश्य निर्माणकालागि सहयोग पुग्ने भन्दै बैकल्पि उर्जा प्रवर्दन केन्द्रसँग समन्वय गरेर कार्यक्रम पारिएको हो ।

बिद्यार्थीको हातहातमा सोलार पुगेपछि उनीहरुमा खुशीयाली छाएको छ । “यो भन्दा अगाडी घण्टौ लोडसेडिङ हुन्थ्यो,बत्तीको सुविधा नहुँदा बेलुकी पढ्न समस्या हुन्थ्यो,स्कुलमा सरहरुले दिएको गृहकार्यपनि छुट्थ्यो” आदर्श मावि जुफालमा कक्षा १० मा अध्ययनरत अमर डाँगीले बताए । “सोलार पाएपछि हामी खुशी छौँ,राती अबेरसम्म पढ्न पाईने भएकाले शिक्षाको गुणस्तरमा सुधारहुने अपेक्षा छ,गृहकार्य नछुटेपछि सरहरुको माया पाउनेछौँ ।”

सोही बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थी निम बहादुर बिकका अनुसार “घण्टौँ लोडसेडिङका कारण आजको युगमा पनि दियालोको भरमा पढ्नुपर्ने बाध्यता थियो,निशुल्क रुपमा पाएको सोलारको सही सदुपयोग गरेर भविश्यमा ठुलो मान्छे बन्ने सपना छ ।” दुर्गम ठाँउमा अध्ययन्गर्ने बिद्यार्थीकालागि भनेर लाखौँ मुल्यका सोलार ल्याएर बितरण गरेको भन्दै शिक्षक र बिद्यार्थीले भव्य स्वागतका साथ बिद्यार्थी नेता बुढाप्रति आभार समेत ब्यक्त गरेका थिए ।

सोलार बितरण कार्यक्रममा बोल्दै बुढाले कार्यक्रम नपरेका १३ वटा माध्यामिक बिद्यालयकालागि पहलगर्नेप्रतिबद्धता जनाए । त्यतिमात्रै नभई आजभोलीको युग कम्प्युटरको युग भएकाले १३ वटै माविमा कम्प्युटर चलाउनकोलागि धेरै क्षमताका सोलार बितरणकालागि पहल गरिरहेको समेत उहाँले जानकारी दिए । डोल्पाको बिकासकालागि प्रत्यक्ष रुपमा योगदान पु¥याउँदै आएका बुढाले साविकको माझफाल गाविसमा मोवाईल टावर निर्माणकालागि एक बर्ष अगाडी सम्पुर्ण सामानहरु चार्टर गरेर ल्याएका थिए ।

बिभिन्न भौगोलिक कठिनाईका बाबजुत टावर निर्माणकार्य अन्तिम चरणमा पुगेकाले छिटै संञ्चालनमा आउने समेत बताईएको छ । जनप्रतिनिधि,बि.ब्य.स पदाधिकारी,प्रअ,शिक्षा प्रेमी लगाएतका सरोकारवालाहरुको उपस्थितिमा सोलार बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेता खनाल र नेपाल छुटे

काठमाडौं, १० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गर्नुभएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ ।

कर्णालीमा संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय

काठमाडौं, १० बैशाख । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

सम्बन्धित

कोरोना कहर

ओलीसँग डिनर मिटिङपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

छिमेकीले चलाएको गोली लागेर मृत्यु

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

मुस्ताङ र घुन्सामा हिमपात

 पाँच पुल निर्माण हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com