ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवरात्रिको तेस्रो दिन नवर्दुगाको तेस्रो रुप चन्द्रघण्टा भगवतीको आरधना गरि मनाईदै


एबीसी न्यूज
आश्विन २६, २०७५ शुक्रबार  ७ : ५७ बजे

काठमाडौं, २६ असोज । आज नवरात्रिको तेस्रो दिन अर्थात नवर्दुगाको तेस्रो रुप चन्द्रघण्टा भगवतीको पुजाआरधना गरि मनाईदै छ । नेपाली समाजमा मनाइने महान पर्व वडा दशैंको तेस्रो दिन आश्विन शुक्ल तृतीया तिथिमा देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पुजाआरधना गरिन्छ ।

जगदम्बाको तेस्रो शक्ति नाम चन्द्रघण्टा हो । नवरात्रिको तेस्रो दिनमा पुजिने यिनको स्वरुप शान्तिदायक र कल्याणकारी छ । साथै यिनको मस्तकमा ‘घण्ट’ आकारको अद्र्धचन्द्र भएको हुनाले यिनलाई चन्द्रघण्टा भनिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्दकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउने देवीको योगदान रहेको शास्त्रमा छ । चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो हुदां यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो ।

चन्द्रघण्टादेवीको वदन वर्ण गुलावी रङको रहेको र आकार बाघमाथी चढेको हामी चित्रमा देख्न सक्छौं । माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागी भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीको आराधना गरि भक्तजन आज पूजन गरिरहेका छन् ।

गांउघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी दवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिंदै छ ।

यसै गरी काठमाडौंको हनुमानढोका स्थित दशैंघर नजिकै रहेकी तलेजु भवानीका साथै उपत्यकामा रहेका देवमन्दिर तथा शक्ति पीठ गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र शोभाभगवतीका मन्दिरमा नवरात्रिको विशेषपूजा शुरुभएको छ ।

साथै नरदेवी, विजयेश्वरी, इन्द्रायणी, बगलामुखीमा पनि दशैंको विशेष पूजा गरिंदैछ । यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा देवीभवानीको पूजाआरधना भईरहेको छ ।

पूर्वकी पाथीभरा देवी रक्तकाली, कालिञ्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा लगायत देशका थुमथुम र गढीग्राम,दुर्गमा रहेका देवीमन्दिरमा बढो उत्साहका साथ भगवतीको पूजाअर्चना भइरहेको छ ।

राम्रो लगाउने, मीठो खाने र पारिवारिक भेटघाटमा रमाउने सुखद क्षणको मौका सबैलाई मिलोस्, बडा दशैंको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com