ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण


bhawani desk

हुम्ला, ५ असोज । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ ।

गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताउनुभयो ।
विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ र नयाँ टेक्नोलोजीतर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण काय शुरु भएको हो ।

जिल्ला शिक्षा समन्वय एकाई प्रमुख वर्ष फडेराले सम्बन्धित विद्यालयका प्रधानअध्यापकलाई कम्प्युटर वितरण गर्नुभएको हो । मालिका माविलाई १० थान कम्प्युटर एक थान प्रोजेक्टर र सीता माविलाई आठ थान र एक प्रोजेक्टर वितरण भएको थियो ।

दुई विद्यालयमा गरी रु १० लाख २३ हजार २९२ बराबरको कम्प्युटर सामाग्री हस्तान्तरण गरिएको छ ।

जिल्लाको मध्यक्षेत्रमा पर्ने सर्केगाड गाउँपालिकामा रहेको हिमज्योति माध्यमिक विद्यालयमा वितरण गरेको कम्प्युटर अहिलेसम्म सञ्चालनमा आउन नसकेकामा भने समन्वय प्रमुख फडेराले त्यस्ता कमजोरी सुधार्न निर्देशन दिनुभयो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन सो कम्प्युटर सहयोगी हुने छिप्रा माविका प्रधानध्यापक जुनअराज हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com