
काठमाडौं, १२ साउन । हिम्मतवाली फिल्म जति चर्चामा आयो त्यतिनै त्यस फिल्मका अभिनेता सुदर्शन गौतम एका एक चर्चामा आए । जुन चर्चाको विषय थियो रेखा र गौतमबीच रहेको प्रेम । चर्चा चलेपछि रेखाले पनि यो प्रेम नै रहेको भनी ‘ग्रिन सिग्नल’ दिइन् । सुदर्शनले त हाकाहाकी रेखासँग प्रेम सम्बन्धमा रहेको घोषणा समेतनै गरे ।
यति सम्मकी एउटा साप्ताहिक पत्रिकामा सुदर्शनलाई काखैमा राखेको तस्बिर सहित रेखा सार्वजनिक भइन् । र, उनले प्रेमको स्विकारोक्ति गरिन् ।
फिल्म रिलिज भएको महिना दिन वित्दै जाँदा यो जोडीको चर्चा निकै भएको थियो । अहिले रेखा ‘मालिका’ फिल्मको दौरानमा छिन् तर सुदर्शन भने इन्टरपोलको खोजी सूचीमा परेका छन् । रेखाको सुदर्शनसँग अहिले कस्तो सम्बन्ध छ त्यो त खुलेको छैन तर गौतम मानव तस्कर निस्किएका छन् ।
क्यानडाको स्थायी बसोबास अनुमति पाएका सुदर्शनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा पत्राचार गरी पक्राउका लागि निवेदन गरेको छ । दुई हात नभएका सुदर्शन विवादीत पात्र त्यसबेलै थिए जतिबेला उनले एक पत्रकारलाई फोनमा अपशव्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको थियो । अहिले उनी मानव तस्कर भएको प्रहरीले ठहर गरेको छ ।
नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीका मुख्य नाइके सुदर्शन नै रहेको प्रहरीले ठम्याएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ ।
तीन युवतीलाई अमेरिका लैजाने भन्दै अफ्रिकी युद्धग्रस्त मुलुक हाइटीमा अलपत्र पारेको र एक युवतीको समुद्रको नुनिलो पानी खाएर मृत्यु भएको प्रहरी अनुन्धानले खुलाएको छ । सुमित्रा कुँवर कटवालको त्यसरी मृत्यु भएको हो ।
हाइटीबाट फर्किएका युवतीको उजुरीका आधारमा गौतमविरुद्ध मुद्दा दायर गरिएको छ ।
महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । उनीहरू चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । गौतम फरार अभियुक्त सूचीमा छन् ।
रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन् । उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन् । केही समयअघि सगरमाथाको आरोहण गरेपछि उनको चर्चा चल्यो र रेखा थापाले उनलाई हिम्मतवालीमा अभिनेता बनाइन् । फिल्मको सुटिङका नाममा युवती तस्करी गरी अमेरिकासम्म पुराउने जुक्ति सुदर्शनले निकालेका थिए । ७ घन्टामा अमेरिका पुग्ने सपना बोकेर नेपाली युवतीसहितको समूह पानीजहाजमा पुगेका थिए ।







प्रतिक्रिया दिनुहोस्