ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन


admin
असार २५, २०७५ सोमबार  ६ : ५१ बजे

काठमाडौं, २५ असार । प्रदेश नं. ४ को नाम गण्डकी राखेको विरोधमा आदिवासी जनजातिहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश नं. ४ मा आदिवासी जनजातिको ऐतिहासिक थातथलो भएको भन्दै तमुवान मगरात नाम राख्न माग गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा भएको विरोध प्रदर्शनमा विभिन्न आदिवासी जनजाति अगुवाहरुले समेत गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ ।

जनजाति महासंघका पूर्वमहासचिव डा. ओम गुरुङले गण्डकी प्रदेश कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउनुभयो । उहाँले प्रदेशको नाम गण्डकी राखेर संघीयताकै धज्जी उडाउने काम गरेको भन्दै तमुवान मगरातको भावनाको सम्बोधन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगेन्द्र वनेमले लिम्बुवानबासीको तर्फबाट तमुवान मगरातको मागप्रति एक्येवद्धता रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, नेवाः देय दवूका अध्यक्ष नरेश ताम्राकारले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने भन्दै तमुवान मगरातको पक्षमा सम्पूर्ण नेवार समुदाय रहेको बताउनुभयो ।

प्रदेश नं. ४ मा बसोबास गर्ने आदिवासी जनजातिको भावनामा गम्भीर चोट लागेको भन्दै आदिवासी जनजातिहरुले गण्डकी प्रदेशका विरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com