ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइजीपी खनालका प्राथमिकता : प्रहरी संगठन नमुना र सुशासनको पहरेदार ?


admin
असार २५, २०७५ सोमबार  १२ : ०१ बजे

-।। टिप्पणी ।।-

काठमाडौं, २५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नियुक्तिपछि रोडम्याप नै सार्वजनिक गरेर काम गरिरहेका छन् । महानिरीक्षकका प्राथमिकताका क्षेत्र नै सार्वजनिक गरेर काम थालेका महानिरीक्षक खनालले अघि सारेका प्रयास के कति सम्भावना छ भन्ने सवाल अहिले सबैको चासोको विषय बनेको छ ।

गत चैत २७ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयबाट नियुक्त भएका खनालले वैशाख २८ गते प्राथमिकताका क्षेत्र नै सार्वजनिक गरेका थिए ।

सत्य सेवा सुरक्षणम प्रहरीको मोटो नै हो । शान्ति सुरक्षा, सुव्यवस्था, अपराध अनुसन्धान, नियन्त्रण सबै प्रहरीकै प्राथमिकताको विषय हो । प्रहरी संगठन राज्यको सबै ठाउँमा पहुँच पुगेको संगठन हो । हरेक किसिमका समस्यासँग प्रहरी ठोकिन्छ । त्यसैले प्रहरीसँगको आश मानिसमा धेरै नै हुनु अस्वभाविक भएन ।

खनाल महानिरीक्षक भएपछि प्रहरी संगठनलाई मुलुकको संरचना अनुसारको प्रहरी संगठन बनाउनुपर्ने दायित्व पनि छ । त्यसैले त उनले आफ्नो प्राथमिकताको पहिलो नम्बरमै ‘प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन’ गर्ने भनेको छ । अहिले यो व्यवस्था कार्यान्वयनको चरणमा छ ।

प्रहरीसामु अर्को चुनौतीको पर्खाल भनेको संगठित रुपमा हुने अपराध नै हो । उनले आफ्नो प्राथमिकताको दोस्रो नम्बरमा संगठित रुपमा हुने अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता अपनाउने उद्घोष गरेका छन् ।

विधिको शासन सुनिश्चिताका लागि प्रहरीको भूमिका महत्वपूर्ण नै हुन्छ । प्रहरीले खेल्ने जिम्मेवारीपूर्ण भूमिकामाथि प्रश्न उठेमा जटिलता पैदा पनि हुन्छ । त्यसको लागि आइजीपी खनालले फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ट आधार निर्माणलाई प्राथमिकता दिएका छन् ।

खनालले आफ्नो नेतृत्वमा प्रहरी संगठनलाई जनमैत्री, व्यावसायिक, पारदर्शी र निष्ठामा उत्कृष्ट बनाउन चाहेका छन् । यो अति राम्रो विषय पनि हो । तर, प्रहरी कर्मचारीहरु विभिन्न लोभलालचमा फस्ने, अपराधमा संलग्न हुनुले भने जनविश्वासमा कमी आउने पनि देखिन्छ । उनले यसलाई कसरी चिर्ने हुन् ? हेर्न बाँकी छ ।

संगठनलाई सदृढ बनाएर मात्र प्रहरीले जनविश्वास जित्न सक्दछ । प्रहरीले जनमत जित्नका लागि आन्तसिक शुद्धिकरण जरुरी पनि छ । विगतमा लामवद्ध आइजीपीहरु भ्रष्टाचार प्रकरणमा जेल परेको कुरालाई ध्यानमा राखेर भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउनु नै उनका लागि हितकरको विषय हो ।

आइजीपी सर्वेन्द्र खनालले सार्वजनिक गरेको प्राथमिकताका १० बुँदा ।

प्रहरीको आन्तरिक व्यवस्थापन, वृद्धि विकास अर्को प्राथमिकताको विषय बन्नैपर्छ । स्रोत साधन र प्रवृत्तियुक्त संगठनले मात्र प्रहरीको आत्मबल उच्च बन्नसक्छ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकता दिने प्रचलनको सुरुवात हुनुपर्छ । प्रहरी संगठन भाषणले होइन, नीतिले चलाउने वातावरण सिर्जना गर्नुपर्छ । आइजीपी खनालले भने जस्तै नमुना संगठन र सुशासनको पहरेदार बनाउन निकै कठिन छ । तर, असम्भव छैन ।

मावनअधिकारको प्रवद्र्धन अर्को प्राथमिकताको विषय हो । मानवअधिकारको रक्षाका लागि प्रहरीको पहिलो दायित्व हुन आउँछ । जोखिममा परेका वर्ग होस वा पीडामा रहेका नागरिक, सबैको पहिलो साथी प्रहरी संगठन बन्नसक्नुपर्छ । एकजना पूर्वआइजीपीले प्रहरी अधिकृतसामु नै भनेका थिए– ‘तिमीहरुलाई चोर, गुण्डा, तस्कर कहाँ बस्छ भन्ने मात्र थाहा हुन्छ ? सज्जन, विद्वान बस्ने ठाउँ पनि थाहा पाउनुप¥यो ।’ यसको अर्थ हुन्छ, प्रहरीले सज्जनसित परामर्श नै लिँदैनन् । चोर फटाहा र तस्कर नै विभिन्न बहानामा प्रहरीलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । त्यसका लागि अनेकन बहानामा प्रहरीको परामर्शदाता बनिरहन्छन् । विगतको अनुभव हो यो ।

प्रहरी संगठन देशको रक्षक हो । अपराध र अपराधीको दुश्मन हो । सच्चा जनप्रेमी हो । यो विश्वासलाई स्थापित गर्नसक्नु नै अहिलेको आवश्यकता हो । विभिन्न हत्कण्डाले विगतको प्रहरी संगठन जनताले हेर्न चाहेका छैनन । जनताका साथीका रुपमा प्रहरीलाई देख्न खोजेका छन् । सरकारप्रति प्रतिवद्ध प्रहरी हेर्न चाहेका छन् । यसको अर्थ सरकारको गलत निर्णय कार्यान्वयन गर्ने प्रहरी संगठन पक्कै पनि होइन । प्रहरी संगठनअघि र पछि विभिन्न चरणमा विभिन्न शक्तिका नजिक आफन्त वा कोही भएकै आधारमा प्रहरी संगठनको शीर निच बनाउने काम कसैबाट हुनु हुँदैन । अहिलेको प्रहरी नेतृत्वबाट त्यो हुने लक्ष्यणसमेत देखिँदैन ।

प्रहरी महानिरीक्षक खनाल एक सवल, सक्षम र सशक्त व्यक्तित्वको रुपमा जनताले बुझ्ने अवसर पनि हो यो । उनले अघि सारेका १० प्राथमिकताले साँच्चै प्राथमिकता पाउन सक्यो भने पक्कै पनि नेपाल प्रहरी नमुना र सुशासनको पहरेदार संगठन भनेर चिन्ने छन् । हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com