ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइजीपी खनालका प्राथमिकता : प्रहरी संगठन नमुना र सुशासनको पहरेदार ?


admin

-।। टिप्पणी ।।-

काठमाडौं, २५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नियुक्तिपछि रोडम्याप नै सार्वजनिक गरेर काम गरिरहेका छन् । महानिरीक्षकका प्राथमिकताका क्षेत्र नै सार्वजनिक गरेर काम थालेका महानिरीक्षक खनालले अघि सारेका प्रयास के कति सम्भावना छ भन्ने सवाल अहिले सबैको चासोको विषय बनेको छ ।

गत चैत २७ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णयबाट नियुक्त भएका खनालले वैशाख २८ गते प्राथमिकताका क्षेत्र नै सार्वजनिक गरेका थिए ।

सत्य सेवा सुरक्षणम प्रहरीको मोटो नै हो । शान्ति सुरक्षा, सुव्यवस्था, अपराध अनुसन्धान, नियन्त्रण सबै प्रहरीकै प्राथमिकताको विषय हो । प्रहरी संगठन राज्यको सबै ठाउँमा पहुँच पुगेको संगठन हो । हरेक किसिमका समस्यासँग प्रहरी ठोकिन्छ । त्यसैले प्रहरीसँगको आश मानिसमा धेरै नै हुनु अस्वभाविक भएन ।

खनाल महानिरीक्षक भएपछि प्रहरी संगठनलाई मुलुकको संरचना अनुसारको प्रहरी संगठन बनाउनुपर्ने दायित्व पनि छ । त्यसैले त उनले आफ्नो प्राथमिकताको पहिलो नम्बरमै ‘प्रहरी संगठनको संघीय संरचनामा सहज तथा औचित्यपूर्ण व्यवस्थापन’ गर्ने भनेको छ । अहिले यो व्यवस्था कार्यान्वयनको चरणमा छ ।

प्रहरीसामु अर्को चुनौतीको पर्खाल भनेको संगठित रुपमा हुने अपराध नै हो । उनले आफ्नो प्राथमिकताको दोस्रो नम्बरमा संगठित रुपमा हुने अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता अपनाउने उद्घोष गरेका छन् ।

विधिको शासन सुनिश्चिताका लागि प्रहरीको भूमिका महत्वपूर्ण नै हुन्छ । प्रहरीले खेल्ने जिम्मेवारीपूर्ण भूमिकामाथि प्रश्न उठेमा जटिलता पैदा पनि हुन्छ । त्यसको लागि आइजीपी खनालले फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ट आधार निर्माणलाई प्राथमिकता दिएका छन् ।

खनालले आफ्नो नेतृत्वमा प्रहरी संगठनलाई जनमैत्री, व्यावसायिक, पारदर्शी र निष्ठामा उत्कृष्ट बनाउन चाहेका छन् । यो अति राम्रो विषय पनि हो । तर, प्रहरी कर्मचारीहरु विभिन्न लोभलालचमा फस्ने, अपराधमा संलग्न हुनुले भने जनविश्वासमा कमी आउने पनि देखिन्छ । उनले यसलाई कसरी चिर्ने हुन् ? हेर्न बाँकी छ ।

संगठनलाई सदृढ बनाएर मात्र प्रहरीले जनविश्वास जित्न सक्दछ । प्रहरीले जनमत जित्नका लागि आन्तसिक शुद्धिकरण जरुरी पनि छ । विगतमा लामवद्ध आइजीपीहरु भ्रष्टाचार प्रकरणमा जेल परेको कुरालाई ध्यानमा राखेर भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउनु नै उनका लागि हितकरको विषय हो ।

आइजीपी सर्वेन्द्र खनालले सार्वजनिक गरेको प्राथमिकताका १० बुँदा ।

प्रहरीको आन्तरिक व्यवस्थापन, वृद्धि विकास अर्को प्राथमिकताको विषय बन्नैपर्छ । स्रोत साधन र प्रवृत्तियुक्त संगठनले मात्र प्रहरीको आत्मबल उच्च बन्नसक्छ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकता दिने प्रचलनको सुरुवात हुनुपर्छ । प्रहरी संगठन भाषणले होइन, नीतिले चलाउने वातावरण सिर्जना गर्नुपर्छ । आइजीपी खनालले भने जस्तै नमुना संगठन र सुशासनको पहरेदार बनाउन निकै कठिन छ । तर, असम्भव छैन ।

मावनअधिकारको प्रवद्र्धन अर्को प्राथमिकताको विषय हो । मानवअधिकारको रक्षाका लागि प्रहरीको पहिलो दायित्व हुन आउँछ । जोखिममा परेका वर्ग होस वा पीडामा रहेका नागरिक, सबैको पहिलो साथी प्रहरी संगठन बन्नसक्नुपर्छ । एकजना पूर्वआइजीपीले प्रहरी अधिकृतसामु नै भनेका थिए– ‘तिमीहरुलाई चोर, गुण्डा, तस्कर कहाँ बस्छ भन्ने मात्र थाहा हुन्छ ? सज्जन, विद्वान बस्ने ठाउँ पनि थाहा पाउनुप¥यो ।’ यसको अर्थ हुन्छ, प्रहरीले सज्जनसित परामर्श नै लिँदैनन् । चोर फटाहा र तस्कर नै विभिन्न बहानामा प्रहरीलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् । त्यसका लागि अनेकन बहानामा प्रहरीको परामर्शदाता बनिरहन्छन् । विगतको अनुभव हो यो ।

प्रहरी संगठन देशको रक्षक हो । अपराध र अपराधीको दुश्मन हो । सच्चा जनप्रेमी हो । यो विश्वासलाई स्थापित गर्नसक्नु नै अहिलेको आवश्यकता हो । विभिन्न हत्कण्डाले विगतको प्रहरी संगठन जनताले हेर्न चाहेका छैनन । जनताका साथीका रुपमा प्रहरीलाई देख्न खोजेका छन् । सरकारप्रति प्रतिवद्ध प्रहरी हेर्न चाहेका छन् । यसको अर्थ सरकारको गलत निर्णय कार्यान्वयन गर्ने प्रहरी संगठन पक्कै पनि होइन । प्रहरी संगठनअघि र पछि विभिन्न चरणमा विभिन्न शक्तिका नजिक आफन्त वा कोही भएकै आधारमा प्रहरी संगठनको शीर निच बनाउने काम कसैबाट हुनु हुँदैन । अहिलेको प्रहरी नेतृत्वबाट त्यो हुने लक्ष्यणसमेत देखिँदैन ।

प्रहरी महानिरीक्षक खनाल एक सवल, सक्षम र सशक्त व्यक्तित्वको रुपमा जनताले बुझ्ने अवसर पनि हो यो । उनले अघि सारेका १० प्राथमिकताले साँच्चै प्राथमिकता पाउन सक्यो भने पक्कै पनि नेपाल प्रहरी नमुना र सुशासनको पहरेदार संगठन भनेर चिन्ने छन् । हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com