ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनसातादेखि सडक अवरुद्धः सर्वसाधारण जोखिमपुर्ण यात्रा गर्नबाँध्य


एबीसी न्यूज

दुनै(डोल्पा) १७ असार । भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएपछि सर्वसाधारणहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएकाछन् ।
ठुलीभेरी नगरपालिका अन्तर्गत बागडाँडामा पर्ने दश मिटर सडक पहिरोले पुरेपछि भित्ती–मोतीपुर सडक झन्डै तीनसाता देखि अवरुद्ध छ ।

बर्षातका कारण अवरुद्ध सडकखण्ड नखुलेपछि खसिरहेको पहिरोको मुनीको सानोबाटोबाट सर्वसाधारण जोखिमपुर्ण यात्रागर्न बाध्य छन् ।
सुँपानी देखि दुनैसम्म यातायात संञ्चालन गर्ने मुख्य सडकनै अवरुद्ध भएपछि सर्वसाधारणहरु भित्ती–जुफालसम्मको जोखिमपुर्ण सडकबाट गाडीको यात्रागर्न बाध्य भएको स्थानीयबासी अमर कठायतले बताए ।

सडक अवरुद्ध भएदेखि आन्तरिक रुपमा चल्दै आएका दर्जन धेरै जीपहरु यात्रुको ज्यान जोखिममा पार्दै नियमित यात्रुहरु ओसार पसार गरिरहेकाछन् ।
भित्ती– मोतीपुर सडकखण्ड संञ्चालनमा आउदा सजिलो सुरक्षित यात्रा हुने गरेतापनि सडक अवरुद्ध भएपछि भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्दा समय पनि धेरै लाग्ने र साँघुरो बाटोका कारण जोखिमपुर्ण यात्रागुर्नपर्ने बाध्यता रहेको गाडी चालक सुशिल कठायतले बताए । अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामाग्री ओसार पसार गर्दै आएका घोडा खच्चडलाई पनि आवत आजवतमा समस्या उत्पन्न भएको छ । अवरुद्ध सडक खुलाउनकोलागि ठुलीभेरी नगरपालिकाले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ ।
सुँपानी–दुनै जोड्ने मुख्य सडक भएतापनि अहिलेसम्म अवरुद्ध सडक खुलाउने तर्फ कुनैपनि निकायको ध्यान जान नसक्दा स्थानियबासीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com