ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट


bhawani desk

 चितवन, १२ असार । चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो।

आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्यूपा नष्ट गर्ने अभियान शुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।

उनका अनुसार चितवनको भरतपुर महानगरपालिका तथा रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइने छ। राप्ती र रत्ननगरमा अभियान शुरु भएको र कालिका नगरपालिकामा आजदेखि तथा भरतपुरमा बुधबारदेखि र खैरहनीमा आगामी बिहीबारदेखि अभियान शुरु हुँदैछ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसपटक कार्यक्रम सञ्चालन भएको छैन।

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्यूपा नष्ट गर्ने अभियानअन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित झण्डै १५० जना खटिने छन्।

पानी पर्ने समय र गर्मी मौसमसमेत भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ। त्यसैले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिए।

चितवनको रत्ननगर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ९, १०, १२, र १३ नम्बर वडामा सोमबार ४० जना महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी उक्त अभियानमा खटाइएको छ। अभियान तीन दिनसम्म चलाइने छ। यसअघि आइतबारबाट चितवनको राप्ती नगरपालिकामा समेत तीन दिने अभियान शुरु भएको छ।

कालिका नगरपालिकामा आजदेखि अभियान शुरु भएको केसीले जानकारी दिए। अभियानका लागि कालिका नगरपालिकामा स्वास्थ्यकर्मी र टोलविकास संस्थाका प्रतिनिधिलाई डेंगु रोग तथा यसबाट बच्ने उपाएका बारेमा अभिमुखीकरण गरिएको वडा नम्बर ६ का वडाध्यक्ष विनोद रेग्मीले जानकारी दिए।

असार १२ देखि १४ गतेसम्म कालिकामा सञ्चालन हुने लार्भा नष्ट अभियानमा १० जना महिला स्वास्थ्य स्वयंसेविका खटिँदैछन्। स्थानीय सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष अर्जुन हुमागाईले भाँडामा जमेको पानीमा डेंगु सार्ने लामखुट्टे हुर्कने भएकाले यस्ता भाँडामा पानी जम्न दिन नहुने कुरा अभिमुखीकरणबाट थाहा पाएकाले अभियानमा टोलवासीलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाए।

भरतपुरमा असार १३ देखि

उक्त अभियान भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा ३० जना स्वयंसेवक खटाएर असार १३ देखि १५ गतेसम्म तथा खैरहनी नगरपालिकामा असार १४ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने जनस्वास्थ्य कार्यालय, चितवनले जनाएको छ।

खैरहनी नगरपालिकाको वडा नम्बर ६, ८ र ९ मा १८ जना स्वयंसेवक खटाइने छ। सो अभियानका क्रममा स्वयंसेवकले घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने र पर्चा पम्प्लेट वितरण गर्ने छन्।

चितवनमा चालू आवको अहिलेसम्म एक हजार २९१ जनाको परीक्षणमा ५८ जनामा डेंगु रोग लागेको पाईएको छ। त्यसमध्ये ३२ जना चितवनका बिरामी र अरु अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी छन्।

यसअघि यो वर्ष चितवनमा उपचारका लागि ल्याइएका मकवानपुरका एकजनाको मृत्यु भएको जनाइएको छ। गएको फागुनदेखि नदेखिएको डेंगु गएको जेठमा एकजनामा फेला परेको छ। साउनदेखि कार्तिकसम्म डेंगु संक्रमण हुने जोखिम समय हो।

मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीको भनाइ छ। डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न दिन हुँदैन।

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। २०१० अर्थात आव २०६७/६८ सालमा चितवनमा महामारी फैलिँदा पाँचजनाको मृत्यु भएको थियो। नेपालका ४९ जिल्लामा यो रोग देखिइसकेको छ।

चितवनमा डेंगु परीक्षणको आवश्यक कीटसमेत तयारी अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। मुख्यगरी डेंगु रोगको अहिलेसम्म उपचार पत्ता नलागेकाले लक्षणअनुसार चिकित्सकले उपचार गर्छन्।

यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरुची हुने, मांशपेशी दुख्ने, पेट गडबडी हुनेलगायतका लक्षण देखिन्छन्।

यसबाट बच्न पहिले त लामखुट्टेको टोकाइबाट बच्ने र घर वरपर सरसफाइ गरेर कुनै पनि भाँडामा पानी जम्न नदिनु हो। त्यसपछि पूरा ढाकिएको कपडा लगाउने, झुलभित्र सुत्ने, खाली भागमा मल्हम लगाउने, झ्याल ढोकामा जाली लगाउनेजस्ता उपाय अपनाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com