ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीद्वारा हेलिप्याड निर्माण


एबीसी न्यूज

 

रसुवा, ९ जेठ ।  नेपाल प्रहरीको सक्रियतामा धुञ्चेमा नयाँ हेलिप्याड निर्माण भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीको सक्रियतामा आफ्नो कार्यालयको माथिल्लो भागमा एमआई हेलिकोप्टरसमेत अवतरण गर्न सक्ने हेलिप्याड निर्माण गरिएको छ । पहिलो पटक अल्टिच्युड एयरको हेलिकोप्टर अवतरण गराई सफल परीक्षण समेत गरिएको छ ।

नयाँ हेलिप्याडबाट अब गम्भीर बिरामी तत्काल काठमाडाँै लान, आकस्मिक परेका जो सुकै पनि हवाई मार्गबाट आवतजावत गर्न र राति हेलिकोप्टर राख्नुपरेमा सहज रुपले सुरक्षा दिनसमेत सहज भएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

तत्कालीन जिल्ला पञ्चायतद्वारा २०३९ सालमा हेलिप्याड तथा खेल मैदानको प्रयोजनका लागि भनी निर्मित मैदानमा विगतका प्रशासकद्वारा हेलिकोप्टर बसाउन रोक लगाइएको थियो ।

मंगलबार मध्याह्न आफूले पहिलो पटक सो हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको र हेलिप्याड उपयुक्त भएको अल्टिच्यूड हेलिकोप्टरका पाइलट एवं उडान व्यवस्थापक सोवित गौतमले बताउनुभयो । हेलिप्याडमा जानका लागि स्वास्थ्य मन्त्रालयको सहमतिमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाको परिसरबाट करीब ५०० मिटर नयाँ सडक पनि निर्माण भएको बताइएको छ ।
।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com