ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पोर्टस् अवार्ड मनोनयनमा प्रशिक्षकसहित तीन खेलाडी छनोट


admin

भीमदत्तनगर, १ जेठ। वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् ।

बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी दीपेश धामी, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र बक्सिङकी पुनम रावल परेका छन् ।

नेपाललाई क्रिकेटमा ऐतिहासिक एकदिवसीय मान्यता दिलाउन महत्वूपूर्ण भूमिका निर्वाह गरेका प्रशिक्षक टमाटा पहाडी जिल्ला अछामका बासिन्दा हुन् । उहाँको बसोबास पछिल्लो समय कैलालीको टीकापुरमा रहेको छ । उहाँकै प्रशिक्षणमा नेपाली क्रिकेट टिम आइसीसी विश्वकपलगायत थुप्रै अन्तर्राष्ट्रिय खेलमा विजयी भएको थियो ।

त्यसैगरी वर्षको उत्कृष्ट पुरुष खेलाडीमा ब्याडमिन्टनका दीपेश धामी मनोनयनमा परेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुर घर भएका उनले हाल सशस्त्र प्रहरी बलको एफिएफ क्लबमा आबद्ध भएर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिँदै आएका छन् ।

उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा शोभा गौचनसँगै मिक्स डबल्सको उपाधि जितेका थिए । सोही प्रतियोगितामा पुरुष एकलमा उनी क्वाटरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी हुन् । धामी घरेलु प्रतियोगिताको स्वर्ण पदकधारी खेलाडीसमेत हुन् ।

उनका बुबा हरकसिंह धामी भलिबलका खेलाडीका रुपमा परिचित छन् । राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य तथा नेपाल खेलकूद महासंघका उपाध्यक्ष समेत रहेका धामी भीमदत्तनगरपालिका–६ को वडाध्यक्ष छन् । उनले छोरालाई खेलजगत्मा स्थापित गराउन मुख्य भूमिका निर्वाह गर्दैआएका छन् ।

यस्तै, भीमदत्तनगरपालिका–१८ कटानका क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी वर्षको युवा खेलाडीको मनोनयमा परेका छन् । नेपाली टिम एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पहिलो पल्ट पुग्दा ऐरी कप्तानको भूमिकामा थिए । विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले हाल नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेललाई निरन्तरता दिँदै आएका छन् ।

प्रदेश नं ७ को विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी बक्सिङ खेलाडी पुनम रावल युवा खेलाडीको मनोनयनमा परेकी छिन् । बिनाप्रशिक्षक बक्सिङ सिकेकी रावलले छोटो समयमा चर्चा बटुल्न सफल खेलाडी हुन् । केही समयअघि इण्डियन ओपन बक्सिङमा ६४ किलोमुनिको स्पर्धामा कास्य पदक जितेर चर्चामा आएकी रावल हाल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् ।

पुनमसँगै बक्सिङ खेलाडी विमला श्रेष्ठ र प्रशिक्षक प्रकाश थापामगर समेत अवार्डको मनोनयनमा परेका छन् । “यो बक्सिङका लागि सुखद् कुरो हो,” ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले भने ।

यस्तै, बाँकेको नेपालगञ्ज घर भएपनि लामो समयसम्म कञ्चनपुर र कैलालीमा ब्याडमिन्टन खेलाडी उत्पादनमा समय खर्चिनुभएका जयन्तकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्नुभएको छ । योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा नेपालले एक स्वर्ण, एक रजत तथा एक कास्य पदक जित्दा श्रेष्ठ मुख्य प्रशिक्षकको भूमिका रहेका थिए ।

नेपाल खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने सम्मानका आठ विधामध्ये पाँच विधाको मनोनयन हुने परम्परा छ । तीमध्ये पिपुल्स च्वाइस अवार्ड यसअघि नै सार्वजनिक भइसकेको छ । सुदूरपश्चिम खेलकूदका लागि उर्वरभूमि रहेको बताउँदै बक्सिङ प्रशिक्षक भट्टले भने, “सुदूरपश्चिम हरेक खेल गतिविधिमा अगाडि नै छ ।” खेलाडी÷प्रशिक्षक मनोनयनले खेलाडीमा थप हौसला मिलेको उनको भनाइ छ ।

ब्याडमिन्टन खेलाडी धामीले पहिलो पटक मनोनयनमा परेको भन्दै खुशी व्यक्त गरे । “मनोनयन र सम्मानले खेलाडीलाई खेल प्रदर्शनमा थप हौसला पुग्नुका साथै बल पुग्छ”, उनले भने, “यो खेलाडीका लागि अत्यन्तै सुखद पक्ष हो ।”

त्यसैगरी कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले एउटै प्रदेशबाट तीन खेलाडी मनोनयनमा पर्नु प्रदेश नं ७ का लागि सुखद पक्ष भएको बताए । “मनोनयनले अरु खेलाडीलाई समेत मेहनत गर्न हौसला मिलेको छ,” भाटले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com