ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबलाई


admin

काठमाडौँ, २५ वैशाख।  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो ।

एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले रु एक लाख हात पा¥यो ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । न्यू डायमन्डलै रु ५० हजार हात पा¥यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि एपिएफ क्लबकी सरस्वती चौधरी हात पारिन् । उनले ३० हजार बराबरको सुलक्स सेन्टरले प्रायोजन टि–सर्ट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार पुरस्कार पाइन् ।

शेरबहादुर खड्का स्मृति स्पेसल अवार्डबाट एपिएफकी रेश्मा भण्डारी सम्मानित भइन् । उनले पनि सुलक्स सेन्टरले प्रायोजन गरेको टि–सर्ट, घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार प्राप्त गरिन् ।

उत्कृष्ट स्पाइकरको उपाधि न्यू डायमण्डकी प्रतिभा मालीले जितिन् भने डिफेन्समा न्यू डायमण्डकी सलिन श्रेष्ठले हात पारिन् । उत्कृष्ट ब्लकरमा नेपाल पुलिसकी मनिषा चौधरी चुनिइन् ।

उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन् भने उत्कृष्ट सर्भर एपिएफकी उषा विष्ट भईन् । उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ तथा उत्कृष्ट प्रशिक्षक एपिएफ क्लबका ज्ञानेन्द्र विष्ट घोषित भए । विधागत विजेताले जनही रु पाँच हजार प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com