ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबलाई


admin
बैशाख २५, २०७५ मंगलबार  ८ : ०४ बजे

काठमाडौँ, २५ वैशाख।  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्ड हलमा आज भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो ।

एपिएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा हरायो । उपाधिसँगै एपिएफले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले रु एक लाख हात पा¥यो ।

तेस्रो स्थानका लागि भएको खेलमा न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । न्यू डायमन्डलै रु ५० हजार हात पा¥यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि एपिएफ क्लबकी सरस्वती चौधरी हात पारिन् । उनले ३० हजार बराबरको सुलक्स सेन्टरले प्रायोजन टि–सर्ट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार पुरस्कार पाइन् ।

शेरबहादुर खड्का स्मृति स्पेसल अवार्डबाट एपिएफकी रेश्मा भण्डारी सम्मानित भइन् । उनले पनि सुलक्स सेन्टरले प्रायोजन गरेको टि–सर्ट, घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद रु १० हजार प्राप्त गरिन् ।

उत्कृष्ट स्पाइकरको उपाधि न्यू डायमण्डकी प्रतिभा मालीले जितिन् भने डिफेन्समा न्यू डायमण्डकी सलिन श्रेष्ठले हात पारिन् । उत्कृष्ट ब्लकरमा नेपाल पुलिसकी मनिषा चौधरी चुनिइन् ।

उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन् भने उत्कृष्ट सर्भर एपिएफकी उषा विष्ट भईन् । उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ तथा उत्कृष्ट प्रशिक्षक एपिएफ क्लबका ज्ञानेन्द्र विष्ट घोषित भए । विधागत विजेताले जनही रु पाँच हजार प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com