ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय महिला भलिबल : न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी


admin
बैशाख २३, २०७५ आईतबार  ७ : ३८ बजे

काठमाडौँ, २३ वैशाख । राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्यू डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघ विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । न्यू डायमन्डले आर्मीलाई २५–१९, १९–२५, २५–१८, २२–२५ र १५–१० ले अंकले हराएको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको अर्को खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा हरायो । एकपक्षीय खेलमा पश्चिमाञ्चलले २५–१३, २५–२० र २५–२० अंकको जित निकाल्यो ।

पश्चिमाञ्चलले समूह ‘ए’ र न्यू डायमन्डले समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् । यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजेताका हैसियतमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्ड एकेडेमी तथा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चल भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

यही वैशाख २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगकम नटआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु एक लाख पाउनेछन् भने तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com