ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारविरुद्ध महिला


एबीसी न्यूज

बर्दिवास, १५ वैशाख ।  महोत्तरी जिल्लामा बलात्कारका घटनाविरुद्ध प्रहरीले थालेको सचेतना अभियानमा महिलाको उत्साहप्रद सहभागिता बढेको छ ।

जिल्लामा बलात्कार घटना बढेपछि गत चैत मध्यदेखि जिल्ला प्रहरी कार्यालयले १५ वटै स्थानीय तहका नगर र गाउँ बस्तीमा थालेको सचेतना अभियानमा महिलाहरु लागेका छन् । मुख्य केन्द्र, बजार, सामुदायिक भवन र अन्य सार्वजनिकस्थलमा आयोजित बलात्कारविरुद्धको सचेतना कार्यक्रममा अपेक्षित महिला सहभागिता हुँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
“हामीले जिल्लाका सबै स्थानीय तहका मुख्य केन्द्रमा बलात्कार घटनाविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेका छौँ” जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले भन्नुभयो, “यस्ता कार्यक्रममा महिलाको सक्रिय सहभागिताले उत्साहित भएका छौँ ।” अभियानमा हुने महिलाको सक्रिय सहभागिता र खुला छलफलले घटनाका कारण र समाधान पहिल्याउन सहयोग मिलेको प्रनाउ पौडेलको थप भनाइ छ ।

अभियानमा बलात्कार घटना वृद्धिका कारण, घटनाका प्रवृत्ति, प्रकृति, कानूनी उपचारको अवस्था, घटनाबारे सामाजिक उत्तरदायित्व र सजगताबारे खुला छलफल हुने गरेको अभियानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । स्थानीय तहका जनप्रतिनिधि, प्रहरी अधिकारी र घटना अनुसन्धानमा सम्बद्ध प्रहरी, सामाजिक संघसंस्था र सञ्चारकर्मीबीच छुट्टाछुट्टै आयोजना गरिँदै आइएको अन्तक्र्रियात्मक छलफलमा घटनाका प्रकृतिबारे करीब समान धारणा पाइएको प्रनाउ पौडेलको भनाइ छ ।

खासगरी मधेशका बस्तीमा नजीकका व्यक्ति र नसालु पदार्थ सेवन गर्ने युवा नै बलात्कार घटनामा संलग्न भएको पाइएको प्रहरी अधिकारीको भनाइ छ । यस्ता घटना छिप्पिएको साँझपछि हुने गरेको र धेरैजसो १६ देखि २५ वर्ष उमेर समूहका संलग्न हुने गरेको प्रनाउ पौडेल बताउनुहुन्छ ।

आफ्नो परिवेशभित्र मुख्यतया मोबाइलमा हुने कुराकानी, सामाजिक सञ्जाल फेसबुकमा बढेको मित्रता र पैसाको प्रलोभनजस्ता कुरामा परेर नयाँ पुस्ताका किशोरी र युवती प्रताडित भएको कार्यक्रमका सहभागी महिलाले औँल्याएका छन्् । यसबाहेक हिँडडुलमा सजगता नअपनाइँदा, शौचका लागि खुला चौरमा जाँदा र कतिपय अवस्थामा विभिन्न प्रलोभनमा परेर महिला पीडित हुने गरेको भंगाहा नगरपालिकाका उपप्रमुख गंगादेवी सिंहको ठम्याइ छ ।

घटनाविरुद्ध जाहेरी नदिने र जाहेरी दिइँदा पनि कारवाहीभन्दा समन्वयतिर बढी प्रयत्न हुने प्रचलनले बलात्कारीले उन्मुक्ति पाउने गरेको उपप्रमुख सिंहको थप भनाइ छ । प्रहरीले शुरु गरेको अभियानमा महिलाको सहभागिताले घटना न्यूनीकरणमा सघाउ हुने उपप्रमुख सिंहले बताउनुभयो ।

अभियानका क्रममा अपनाइनुपर्ने सजगतादेखि कानूनी उपचार र जाहेरी गर्न उत्प्रेरित गर्नुपर्ने निष्कर्ष आउने गरेको प्रहरी अधिकारी बताउँछन् । चैत मध्यदेखि शुरु गरिएको अभियानमा किशोरी शिक्षा र छोरी पढाउने कुरालाई महत्वका साथ उठाइने गरिएको प्रनाउ पौडेलको भनाइ छ ।

स्थानीय तहमा प्रारम्भिक चरणको अभियान सकेर अहिले कलेज र माविमा सचेतना कक्षा सञ्चालन थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसबाहेक किशोरी शिक्षा र स्थानीय तहबाट सम्पादन हुने न्याय प्रक्रियाबारे सघन अभियान शुरु गरिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । तीनमहीने अभियान आगामी असार १५ सम्म सञ्चालन गरिने तालिका छ ।

चालु आवका असोजदेखि चैत पहिलो साताभित्र १० भन्दा बढी बलात्कारका घटना भएपछि यसविरुद्ध सचेतना अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कुबेर कठायतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com