ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र रास्वपा कार्यकर्ताबीच दमकमा झडप, सुरक्षाकर्मी व्यापक परिचानल


एबीसी न्यूज
माघ ६, २०८२ मंगलबार  १ : ३६ बजे

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताका क्रममा मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो।

एमालेले आफ्ना कार्यकर्ता भेला हुन तोकेको स्थानमा रास्वपाका समर्थकहरूले ठाउँ नछाडेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ। रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो। रास्वपाका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको प्रत्यक्षदर्शीले बताएका छन्।

इलाका प्रहरी कार्यालय दमकले भने घटनालाई सामान्य भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ। दुई पक्षबीच सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य भइसकेको छ, एक प्रहरी अधिकारीले भने।घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। सम्भावित मुठभेडलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com