ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेलाई विश्वप्रकाशको चेतावनी, गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ भन्ने हुँदैन


abc news
श्रावण ६, २०८२ मंगलबार  १२ : ५८ बजे

काठमाडौ ६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेकै भरमा नेकपा एमालेले ल्याएका सबै प्रस्तावमा आफ्नो पार्टीले सहजै स्वीकार्न नसक्ने बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसमा आयोजित देश विकास र देशवासीको उन्नतीको आधार(बीपी विचार विषयक गोष्ठीलाई सम्बोधन गर्दै शर्माले भूमि विधेयक पारित गर्न एमालेले गरेको हतारतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहल छलफल गरेर समितिमा लगेर दुइटा दलहरूबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ,’ उनले भने, एमालेसँग गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन।

समितिमा छलफल नभई भूमि विधेयक पास हुनै नसक्ने उनको भनाइ थियो। उनले भूमि विधेयक पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताए। शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको उल्लेख गरे।

त्यस्तै उनले संसदीय समितिबाट पास भइसकेको संघीय निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेको विषयमा आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com