काठमाडौ २३ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने पक्षमा नरहेको बताएको छ।
कतिपय सञ्चार माध्यममा ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ भन्ने समाचारको खण्डन गर्न प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ( हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ।
एमाले बाहेकका कम्युनिष्ट पार्टीसँग भने एकताबारे छलफल चलिरहेको माओवादीले बताएको छ। ‘एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन,’ विज्ञप्तिमा भनिएको छ।








प्रतिक्रिया दिनुहोस्