ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक, मन्त्रीको प्रस्तावमा सांसदहरूको आपत्ति, आजै पास गर्न दबाब


abc news

काठमाडौ १६असार । प्रतिनिधिसभामा पठाउन अन्तिम अवस्थामा रहेको विद्यालय शिक्षा विधेयकबारे सहमति जुट्न नसक्दा अन्तिम अवस्थामा पेचिलो बन्दै गएको छ ।

समितिबाट आज पास गर्ने तयारीमा रहेको यो विधेयकबारे छलफल सक्नका लागि आज ९सोमबार० बिहान साढे ८ बजे बैठक बोलाइएको थियो ।

सोही अनुसार सांसदहरू पुगेका पनि थिए । यद्यपि विधेयकका केही विषयमा शिक्षक महासंघका नेताहरूसँग सहमति जुट्न नसकेपछि पेचिलो बन्दै गएको हो ।

शिक्षकहरूले हिजो ९असार १५० गतेसम्म विधेयक पारित गराउन डेटलाइन दिएका थिए ।

यद्यपि पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । जुन विषयमा सहमति जुट्न सकेन ।

त्यसपछि महासंघका प्रतिनिधिहरू वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । जुन विषयमा सहमति जुट्न सकेको छैन ।

मन्त्रीको प्रस्तावमा सांसदको आपत्ति

शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै बैठक स्थगित गर्ने प्रस्ताव गरे ।

तर, उनको प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका छन् ।

रास्वपा सांसद सुमना श्रेष्ठ, कांग्रेस सांसद डिग बहादुर लिम्बु, माओवादी केन्द्रका सांसदद्वय देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी लगायतले आजै पास गर्नेगरी छलफल अघि बढाउन दबाब दिएका छन् ।

माओवादी सांसद पौडेलले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् ।

विवादित विषयमा छलफल गर्न बनेको उपसमितिले टुंगो लगाएका विषयमा पुनस् समस्या सुरु भएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

माओवादी सांसद शर्माले प्रधानमन्त्रीसँग नै सल्लाह गर्नुपर्ने भएपनि गरेर आजै राति १२ बजेसम्म टुंगो लगाउनपर्ने बताइन् ।

‘दलहरूबाट पनि हामीलाई दबाब छ । राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं,’ उनले भनिन्, ‘बैठक स्थगित नगर्नुस् । आजै पास गरौं । ’

त्यस्तै, सांसद दिपा शर्माले पनि आजै पास गर्नुपर्ने बताइन् ।

‘शिक्षक महासंघलाई सम्मान गर्छौं । ६०र४० को कुरामा नयाँलाई ढोका खोल्नुपर्छ । युवा विदेश गएका छन्,’ उनले भनिन्, ‘अलिकति त बाटो खोलौं । रातको १२ बजेसम्म बस्छौं । पास गरौं ।’

यसले बाहिर राम्रो सन्देश नजाने पनि उनको भनाइ थियो ।

अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले अझै ८ घण्टा कुर्न तयार भएको बताइन् । ‘ ८ घण्टा कुर्‍यौं । अर्को ८ घण्टा कुर्न तयार छौं । स्थगित नगरियोस् । टुंगो लगाउने स्थितिमा छौं,’ उनले भनिन् ।

महासंघलाई देखाएर भित्र भित्र षड्यन्त्र गरेको आंशका आफूलाई लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com