काठमाडौ १६असार । अअविरल वर्षाले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। वर्षाले यहाँका केही बस्ती डुबानमा परेका छन्।
कञ्चनपुरको कृष्णपुर, पुनर्वास र भीमदत्तका १० घर डुबानमा परेका छन्। डुबान प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार कृष्णपुर नगरपालिका ७ कार्कीकटानकी कमला पार्कीको घरभित्र गोदावरी खोलाको पानी पसेको छ।
जोखिममा परेका पार्कीसहित दुई जनालाई सुरक्षित स्थानमा सारिएको डीएसपी बोहराले बताए।








प्रतिक्रिया दिनुहोस्