काठमाडौ १६असार । इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध धार्मिक ‘फतवा’ जारी गरेका छन्।
उनले यी दुवै नेतालाई ‘अल्लाहका शत्रु’ भनेका छन्।
उनले विश्वभरका मुस्लिमलाई एकताबद्ध हुन र इरानविरुद्ध आक्रमण गरेकामा यी नेताहरूलाई पश्चात्ताप गर्न बाध्य पार्न पनि आग्रह गरेका छन्।
मकरिम शिराजीले आफ्नो फतवामा भनेका छन्, ‘इरानको सर्वोच्च नेता वा कुनै पनि मर्जालाई हानि पुर्याउने वा धम्की दिने प्रयास गर्ने जो कोही मोहरिब अर्थात् युद्धप्रेमी अपराधी हुनेछ।’
फतवा इस्लामिक कानुनको व्याख्या हो। यो मर्जाद्वारा जारी गरिन्छ। मर्जा बारह इमामी शिया मुस्लिमको सर्वोच्च धार्मिक पद हो। एजेन्सी








प्रतिक्रिया दिनुहोस्