ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरुङ मार्ग प्रवेशद्वार अगाडि पहिरो बग्न सुरु, केही घरसहित त्रिभुवन राजपथ जोखिममा


abc news

काठमाडौं, १६ असार । राजपथको सिस्ने खोला स्थित नाग ढुङ्गा सुरुङ मार्गको काठमाडौँ प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ । निर्माणाधीन नाग ढुङ्गा मुग्लिङ सडक अन्तर्गत नाग ढुङ्गा नौविसो सडक खण्डमा पर्ने त्रिभुवन राजपथमा अघिल्लो वर्ष पहिरो गएको सो क्षेत्रमा अहिले पुनः जमिन चिरिएको हो । नजिकै बस्ती र तल सडक रहेको सो क्षेत्रको जमिन चिरिएको र केही भाग सरेको सुचना आए पछि नाग ढुङ्गा नौबिसे सडक आयोजना र सुरुङ निर्माण आयोजनाका प्रमुख र प्रविधि सहित अनुगमन गरेको छ ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरुङ मार्ग प्रवेशद्धराको अघिल्लोतिरको दाहिनेपट्टि करीव १ सय ८० मिटर चौडाइ र ४० मिटरको उचाइमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाई छ। यसभन्दा अघि पनि पहिरो गएको र सो क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई सम्भावित जोखिम कम गर्ने वातावरण बनाउन र आवश्यक सामाग्रीको व्यवस्थापन गर्न दुवै आयोजना प्रमुखलाई धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्देशन समेत दिएका छन् । पहिरोको नजिकै माथिल्लोपट्टि केही घरहरु पनि रहेका छन् । पहिरो झर्दा माथि रहेका घर सँगै तल रहेको सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथमा समेत प्रभाव पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com