काठमाडौ १५ असार । विश्व शेयर बजारका बादशाह मानिने अर्बपति वारेन वफेट सबैभन्दा धेरै आफ्नो निजी सम्पत्ती दान दिने व्यक्ति बनेका छन् । ‘दान दिने प्रतिस्पर्धा’मा अर्का अर्वपति बिल गेट्सलाई उछिन्दै वफेट सबैभन्दा धेरै दान दिने व्यक्ति बनेका हुन् ।
वफेटले सुक्रबार आफ्नो कम्पनी बर्कशायर हाथवेको करिब ६ अर्व डलर बराबरको रकम दान दिएको घोषणा गरेका छन् । यो संगै उनले संस्थागतरुपमा दिएको दान रकम करिब ६० अर्व डलर पुगेको छ । यो तथ्याँकमा उनले व्यक्तिगतरुपमा दिएको दानको हिसाब नरहेको वफेड फाउण्डेशनले जानकारी दिएको छ ।
सुक्रबारको दान घोषणा अघि बफेटको कूल सम्पत्ती १ खर्ब ५२ अर्व डलर रहेको थियो । सुक्रबारको दानपछि उनको सम्पत्ती १ खर्ब ५२ अर्व डलरमा सिमित भएको छ । केही वर्ष अगाडिसम्म विश्वकै सबैभन्दा धनी रहेका उनी अहिले विश्वको १३ औं धनी व्यक्ति हुन् ।
९४ वर्षका वफेट आफूलाई विश्वका धनीहरु मध्येको एक भनेर होइन, विश्वका दानीहरु मध्येको एक व्यक्ति भनेर चिनिने इच्छा रहेको बताएका छन् ।
वफेट पछि विल गेट्स हुन, जस्ले अहिलेसम्म ५५ अर्व डलर दान दिएका छन् । त्यस्तै अर्का अर्वपति जर्ज सोरसले अहिलेसम्म करिब २३ अर्व डलर दान दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्