काठमाडौ १५ असार । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाइ गरेको छ । समितिले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश श्रीकान्त पौडेलको आज सुनुवाइ गरेको हो ।
समितिका सदस्यहरूले न्यायालयभित्र सुशासन कायम गर्न न्यायाधीशहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । गएको जेठ ३० गतेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, न्यायाधीश श्रीकान्त पौडेल र अर्का न्यायाधीश शान्तिसिंह थापाको नाम तथा प्रधानमन्त्रीबाट न्याय परिषद् सदस्यमा महेशकुमार नेपालको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो ।








प्रतिक्रिया दिनुहोस्