ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक समितिबाट चाँडो टुंग्याउने कसरत, पाँच विषयमा सहमति जुट्यो


abc news

काठमाडौ १५ असार । विद्यालय शिक्षा विधेयक संसदको समितिबाट चाँडै टुंगो लगाउन दलहरू जुटेका छन्।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकका प्राबधानहरूमा दफावार छलफल हुँदै आइरहेको छ।

आइतबार बिहान साढे ८ बजेदेखि सुरू भएको समिति बैठकमा पनि यही विधेयकमा मिल्न बाँकी दफाबारे छलफल भइरहेको छ।

विद्यालय शिक्षकहरूका सम्बन्धमा यसअघि विवाद उत्पन्न भएका विषयहरूमा समितिले आइतबार सहमति जुटाएको छ।

पहिलो, अनुमति पत्रबारे।

समितिले शिक्षकलाई अध्ययन अनुमति पत्र अनिवार्य गर्ने विषयमा सहमति जुटाएको छ।

त्यस्तै पाठ्यक्रम परिवर्तन हुँदा वा ५र५ वर्षमा शिक्षकहरूले पुनर्ताजगी तालिम लिएर पाठ्यक्रमबारे अपडेट हुनुपर्ने विषयमा पनि समितिले सहमति जुटाएको छ।

शिक्षकहरूको दरबन्दी मिलान र हस्तान्तरणको विषयमा पनि समितिमा सहमति जुटेको छ।

अब केन्द्रले शिक्षकलाई दरबन्दीमा पठाउँदा उनीहरूलाई पायक पर्ने ठाउँमा गर्नुपर्ने सहमति भएको छ।

अर्को सहमति विद्यालयहरूको मर्जबारे छ।

विद्यालय मर्जको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। कुन(कुन अवस्थामा विद्यालय मर्ज गर्ने भन्ने पनि विधेयकले निर्धारण गरेको छ।

समितिले सोअनुसार मर्ज नभएको पाइए त्यस्ता विद्यालयहरूले संघीय सरकारबाट पाउने अनुदान र सेवा सुविधा कटौती गर्ने विषयमा समझदारी जुटाएको छ।

समितिले शिक्षकहरूको सरूवा चक्रिय प्रणालीबाट हुने विषय पनि टुंगिएको छ।

त्यस्तै विषयगत शिक्षक र साधारण शिक्षकको मापदण्डबारे पनि समितिले सहमति जुटाएको छ।

सरकारले कक्षा १ देखि पाँच सम्मका शिक्षकलाई साधारण शिक्षक भन्ने प्रस्ताव विधेयकमा राखेको थियो।

तर समितिले भने एकदेखि तीन कक्षाका शिक्षकलाई साधारण र तीन कक्षाभन्दा माथिकालाई विषयगत शिक्षक हुने भन्नेमा सहमति जुटाएको छ।

यो व्यवस्था अहिले कायम रहेका शिक्षकहरूमा लागू हुने होइन। नयाँमा मात्रै यो प्रावधान लागु हुने सहमति समितिमा जुटेको छ।

समितिले सकेसम्म आइतबार नै विधेयकमा सहमति जुटाएर संसदमा पेस गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com