काठमाडौ १५ असार । सभामुख देवराज घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई आग्रह गरेका छन् ।
आइतबार प्रमुख पाँच दलका प्रमुख पाँच दलका प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताएका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
‘सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई मेरो आग्रह छ,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै प्रेस विज्ञ अधिकारीले भने, ‘महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो भएन ।’
सभामुख घिमिरेले सङ्घीय निजामती सेवा विधेयक विद्यालय शिक्षा विधेयकजस्ता सङ्घीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि दलहरूलाई अनुरोध गरे ।
पाँच दलका प्रमुख सचेतकहरूसँग सभामुखको बैठक अझै जारी छ । बैठक जारी रहँदा एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्