ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब थपिएको अवधिमा महाधिवेशन गर्न नसके कांग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने


abc news
असार १५, २०८२ आईतबार  १ : २६ बजे

काठमाडौ १५ असार । नेपाली कांग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरुको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने कांग्रेसले आन्तरिक तयारी गरेको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ लगायतका भ्रातृ संस्थाहरु तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइएपनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति ल्याउन सकेनन् ।

नेविसंघको निर्देशक समिति सदस्य प्रतिमा गौतमका अनुसार भ्रातृ संस्थाहरुलाई कार्यादेश दिएर महाधिवेशन उन्मुख गराउने गरी छलफल भएको जानकारी दिइन् । ‘महाधिवेशन कहिलेसम्म सकिन्छ, त्यही अनुसार नेविसंघलाई कार्यतालिका ल्याउने दिने र आफैंले तोकेको समयभित्र समेत अधिवेशन गर्न सकेन भने त्यसै दिनदेखि स्वतः भंग हुनेछ,’ गौतमले भनिन्, ‘कार्यतालिका ल्याएर पनि निर्वाचित समिति ल्याउन सकेनन् भने अब थप्नेरनथप्ने विषयमा छलफल हुँदैन ।’

भ्रातृ संस्थाको अवधि थप्ने औपचारिक निर्णय सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com