ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्ति पृथकीकरणको सिद्धान्त उल्लघंन हुन थाल्यो- कांग्रेस


abc news

काठमाडौ १५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाएका छन्। आइतबार बसेको संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन्।

एकार्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको उनले उल्लेख गरे। संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेको उनले बताए। कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनको भनाइ थियो।

शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ। एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ, उनले भने, ुसंसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ।ु

उनले न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भएको टिप्पणी गरे। एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने उनले बताए।

न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भयो। एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ, उनले भने,२० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ ?

उनले अगाडि भने, ुयसलाई कसरी छिटो छरितो गर्ने रु जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ। तर, सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ। सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ, त्यसलाई कसरी हटाउने ?

प्रमुख सचेतक घिमिरेले संसद्मा बोलेका विषयमा कतै मुद्दा गर्न नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com