काठमाडौ १५ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।
परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।
गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाको नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन्।
एसईई नतिजामा सुधार, तर उत्साहजनक छैन गुणस्तर
परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।
परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।
हेर्नुहोस् बोर्डको सूचना









प्रतिक्रिया दिनुहोस्