ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १५ : आज राष्ट्रिय धान दिवस, किसानलाई मलकै चिन्ता


abc news

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन ।

कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

सरकारको गोदाममा कति छ मल ?

सरकारले आफ्ना गोदामहरूमा ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । १ साउन २०८१ देखि १२ असार २०८२ सम्मको सरकारी तथ्यांक अनुसार सरकारसँग ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा रासायनिक मलका लागि सरकारले २७ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसबाट ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसार मन्त्रालयले साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रमार्फत मलको टेन्डर गरिसकेको छ ।

चालु आव असारसम्म ३ लाख ६३ हजार २ सय ३६ टन मल आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरिरहेको ३४ हजार टन युरिया कोलकाताबाट नेपाल प्रवेश गरिसकेको छ । उक्त परिमाणको मल दुवै कम्पनीको गोदाममा आइपुग्न बाँकी छ ।

मन्त्रालयका अनुसार कृषि सामग्रीले आयात गरेको ३० हजार टन युरिया कोलकाता आइसके पनि नेपाल आइपुग्न बाँकी छ ।

यस्तै साल्ट ट्रेडिङले आयात गरेको २२ हजार टन युरिया कोलकाता आउने क्रममा रहेको छ भने कृषि सामग्रीले ल्याउन लागेको ३० हजार टन डीएपी सिपमेन्ट भइसकेको र २५ असारमा कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ ।

सरकारले मलको परिमाण सार्वजनिक गरे पनि किसानले धान रोपाइँ गर्ने बेलासम्म मल पाउन सकेका छैनन् ।

यस्तो समस्या वर्षौंदेखिको हो । रासायनिक मल समस्या समाधान गर्न विभिन्न घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com