काठमाडौ १४ असार । ताप्लेजुङको सुकेटार विमानस्थलमा कुहिरो र कम भिजिबिलिटीका कारण हवाई सेवा ठप्प भएको छ ।
चार महिना लामो बन्दपछि चैतको अन्तिमदेखि पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एक पटक पनि सञ्चालन हुन सकेको छैन ।
निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम शुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् ।
हरेक सोमवार र शुक्रवार नियमित हुने काठमाण्डौ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् ।








प्रतिक्रिया दिनुहोस्