ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ भिडिओ सन्देश मार्फत खामेनीले गरे यी अनुमानको अन्त्य


abc news

काठमाडौ १३ असार । एक साताको मौनतापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी बिहीबार ९जुन २६ तारिख० टेलिभिजन सम्बोधनमार्फत सार्वजनिक रूपमा देखापरेका छन्। यसले इरान(इजरायल द्वन्द्वको महत्त्वपूर्ण चरणमा उनको अनुपस्थितिबारे भइरहेका अनुमानको अन्त्य गरेको छ।

इजरायलले जुन १३ तारिखका दिन इरानमा हमला गरेपछि दुई देशबीच भइरहेको लडाइँ बाह्रौँ दिनमा अचानक घोषणा गरिएको युद्धविरामपछि रोकिएको थियो। त्यसयता मौन खामेनी अहिले भिडिओ सन्देशमार्फत बोलेका हुन्।

खामेनी देशका सर्वोच्च नेता मात्र नभएर देशको सशस्त्र सेनाका कमान्डर(इन(चिफ पनि हुन्।

यसैले इजरायलसँग त्यत्रो द्वन्द्व पर्दा उनीबाट कुनै सार्वजनिक प्रतिक्रिया नआउँदा उनको स्वास्थ्य, सुरक्षा र देशका महत्त्वपूर्ण निर्णयमा उनको नियन्त्रणबारे विभिन्न अफवाह फैलिएका थिए।

टेलिभिजनमा उनको पुनरागमनले हाललाई ती सबै हल्लाको अन्त्य गरेको छ।

तर इरान अभूतपूर्व संकटमा रहेका बेला उनको लामो मौनताको कारण र शक्तिमा उनको नियन्त्रणबारे प्रश्न अझै बाँकी छन्।

यसअघि खामेनी अन्तिमपटक कहिले देखिएका थिएरु

जुन २६ मा छोटो टेलिभिजन सन्देशमार्फत खामेनीले आफ्नो हप्ता लामो मौनता तोडेका छन्। जुन १३ मा इरान(इजरायल द्वन्द्व सुरु भएदेखि यो उनको तेस्रो सार्वजनिक सन्देश हो।

उनी यसअघि अन्तिमपटक जुन १८ मा टीभीमा देखिएका थिए। जसमा उनले अमेरिकालाई कडा चेतावनी दिँदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ुबिनासर्त आत्मसमर्पणुका लागि गरेको आह्वान अस्वीकार गरेका थिए।

खामेनीको आधिकारिक वेबसाइटले सामान्यतया उनको भाषणका धेरै तस्बिर सार्वजनिक गर्छ, तर जुन १८ मा एउटा मात्र तस्बिर प्रकाशन गरेको थियो। त्यस दिनको भिडिओ सम्बोधन अलि असामान्य देखिन्थ्यो, जसले गर्दा उनको ठेगानाबारे अड्कलबाजी गर्ने क्रम तीव्र बन्यो।

जुन २६ को भाषणका साथमा पनि खामेनीको एउटा मात्र तस्बिर जारी गरिएको छ।

खामेनीको मौनता
अमेरिकाले इजरायल र इरानबीच युद्धविराम घोषणा गरेपछि खामेनी ४८ घण्टाभन्दा बढी समयसम्म सार्वजनिक रूपमा मौन रहे। जसका कारण उनका विषयमा विभिन्न अनुमान गर्न थालियो।

युद्धविरामका सर्तले यसको अनुमोदनमा खामेनीको सहमति थियो कि थिएन भन्ने कुरा स्पष्ट पारेनन्।

इरानको संविधानको धारा ११० मा सर्वोच्च नेतालाई युद्ध वा शान्ति घोषणा गर्ने अधिकार दिइएको छ ऊ नै सशस्त्र सेनाका सर्वोच्च कमान्डर हुने व्यवस्था छ।

तर पनि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ९एसएनएससी० द्वारा जारी युद्धविरामसम्बन्धी विज्ञप्तिमा खामेनीको समर्थनबारे केही उल्लेख गरिएको छैन न त उनको संलग्नताको कुनै संकेत नै दिइएको छ।

यसपछि स्थिति अझ रहस्यमय तब बन्यो जब खामेनीले इरानका आणविक स्थलमा अमेरिकी आक्रमण र बदलामा इरानले कतारको अमेरिकी हवाई अड्डा अल(उदेदमा गरेको क्षेप्यास्त्र हमलाबारे सार्वजनिक प्रतिक्रिया दिएनन्।

साथै इरानका वरिष्ठ अधिकारीहरूले पनि यी घटनामा खामेनीसँग कुनै कुराकानी भएको पुष्टि गरेनन्।

खामेनी सार्वजनिक नहुनुको कारण के हुन सक्छरु
खामेनी सार्वजनिक नहुनुको एउटा कारण असुरक्षा महसुस हुन सक्छ। अनि वरिष्ठ अधिकारीहरूसँग उनको संवाद नहुनुलाई पनि एउटा कारण ठानिएको छ।

अमेरिकी र इजरायली अधिकारीहरूले इरान(इजरायल युद्धका बेला खामेनीलाई पनि निशाना बनाइएको संकेत गरेका छन्।इजरायलको आक्रमणमा इरानी कमान्डर र आणविक वैज्ञानिकहरू मारिएकाले यो कुरा अस्वीकार गर्न सकिन्न।

जुन २१ मा न्युयोर्क टाइम्सले नाम नखुलाइएका इरानी स्रोतहरूलाई उद्धृत गर्दै खामेनी ुबंकरमा शरण लिइरहेकोु उल्लेख गरेको थियो।

स्रोतहरूले उक्त पत्रिकालाई बताएअनुसार उनी एक विश्वसनीय सहयोगीमार्फत मात्र कुराकानी गरिरहेका थिए र आफ्नो ठेगाना थाहा नभएको सुनिश्चित गर्न सबै इलेक्ट्रोनिक सञ्चार बन्द गरेका थिए।

यसको आंशिक पुष्टि जुन २४ मा भयो जब खामेनीको कार्यालयका एक वरिष्ठ अधिकारी मेहदी फजाइलीले जुन २३ तारिखको टीभी अन्तर्वार्तामा खामेनी सुरक्षित स्थानमा रहेको स्वीकार गरिरहेका थिए। यद्यपि, उनले यसभन्दा थप जानकारी दिएनन्।

कतिपयले खामेनीको मौनता इरानभित्रका कट्टरपन्थी समूहको क्रोधबाट बच्न खुला रूपमा युद्धविरामलाई समर्थन नगर्ने सुझबुझपूर्ण रणनीति भएको दाबी पनि गरे।

उनको अन्तिम भाषणमा ुयुद्धविरामु वा ुसम्झौताुजस्ता शब्द प्रयोग गरिएका छैनन्। उनले ुजितु शब्दमा जोड दिएका छन्।

खामेनीको नीतिमा प्रायः रणनीतिक अस्पष्टता देखिन्छ। विगतका धेरै संकटमा पनि उनले आफूलाई टाढा राखेका छन्।

केही मानिसले के भनेका छन् भने उनको हालको अनुपस्थिति पनि यही पुरानो रणनीतिको एक हिस्सा हो, जसअन्तर्गत उनी कुनै पनि मुद्दामा प्रतिक्रिया दिनुअघि कट्टरपन्थी गुटको अडान पर्खन्छन् र त्यसपछि आफ्नो अडान स्पष्ट पार्छन्।

खामेनीको अनुपस्थितिबारे सामाजिक सञ्जालमा मानिसहरूले के भनेरु
खामेनीको अनुपस्थितिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा व्यापक बहस गरायो। यो छलफलमा विशेष गरी विदेशमा बस्ने इरानी र विपक्षी नेता सहभागी देखिए।

यस विषयमा इन्स्टाग्राम र एक्समा मिम्स र व्यंग्यात्मक पोस्ट पनि गरिएका छन्( राष्ट्रिय संकटका बेला ुलुकेकोु भनेर खामेनीको खिल्ली उडाउँदै।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले खामेनीको मृत्यु भइसकेको वा उनको ठाउँमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० ले देशको निर्णय आफ्नो हातमा लिएको अनुमान पनि गरे।

यद्यपि, धेरैले खामेनीको मौनता नाटकीय रूपमा पुनस् देखापर्ने र प्रतीकात्मक विजय घोषणा गर्ने सोचविचारपूर्ण रणनीतिको एक हिस्सा थियो भनी अनुमान गरेका थिए।

सामाजिक सञ्जालमा केहीले त खामेनी अस्थायी रूपमा रुस भागेको दाबीसमेत गर्दै उनलाई सिरियाली राष्ट्रपति बसर अल(असदसँग तुलना गर्नसमेत भ्याए।

तर खामेनी एकाएक जुन २६ मा भिडिओ सन्देशका साथ उनी सार्वजनिक रूपमा प्रकट भएपछि ती दाबीलाई धेरै हदसम्म झुटो साबित गरेको छ र १९८९ मा सर्वोच्च नेता बनेदेखि उनले खामेनीले इरान छोडेका छैनन् भन्ने देखाएको छ।

उनले सार्वजनिक रूपमा अन्तिम विदेश यात्रा राष्ट्रपति रहेका बेला सन् १९८९ मा उत्तर कोरियामा गरेका थिए।

जे होस्, खामेनीको सार्वजनिक उपस्थितिले ती सबै अनुमानलाई तत्कालका लागि खारेज गरिदिएको छ तर इरानभित्र शक्ति र प्रभावका लागि चलिरहेको गुटगत संघर्षबारेका प्रश्नहरूको भने अन्त्य गरेको छैन।

धेरैको विश्लेषण के छ भने जुन २६ को भिडिओ सन्देशमा खामेनी थकित र कमजोर देखिएका छन्। जसले उनको उमेर ९८६० र स्वास्थ्यबारे नयाँ अनुमान सुरु भएका छन्। बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com