ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी परेको बेला नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक


abc news

काठमाडौ १३ असार । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि सार्वजनिक सूचना निकालेर यस सडक खण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएको थियो । यसअघि तीनदिन ठूलो पानी नपरेका कारण गाडी निर्वाध सञ्चालन भएको थियो ।

पानीको सतह घटेपछि बिनयी खोलाको डाइभर्सनबाट पनि अस्ति बुधवारदेखि गाडी गुड्न थालेका थिए । तर पानी पर्न थालेपछि फेरि रातमा गाडी चलाउन रोकिएको प्रहरीको भनाइ छ । ६ महिनाअघि बिनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

राजमार्ग फराकिलो पार्ने क्रममा विनयी खोलामा पक्की पुल बनाएर सकिएको छ । दुई हप्ताअघि पक्की पुलको ढलान भएको थियो । सडक विभागका अनुसार ढलान गरेको चार हप्तापछि त्यसमाथिबाट गाडी गुडाउन मिल्ने भएकोले असार अन्तिमसम्म पुल सञ्चालनमा आउँछ ।

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा सबैभन्दा बढी समस्या छ । मोडैमोड र हिलाम्य सडकका कारण यो सडक खण्ड बारम्बार अवरुद्ध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com