ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्केका श्रमिकलाई पुनःस्थापना गर्ने कोरियाको अभ्यास गन्तव्य देशले सिक्नुपर्छ – श्रममन्त्री


abc news

काठमाडौ १२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियामा आफ्नो करारपत्र समाप्त भएर फर्किएका श्रमिकलाई स्वदेशमै पुनःएकीकरण गर्ने अभ्यास अन्य गन्तव्य देशका लागि नमुना भएको बताएका छन् ।

‘कोरियाले आफ्नो देशमा श्रम गर्ने श्रमिकलाई स्वदेशमै पुनःस्थापना वा पुनःएकीकरण गर्न उद्यमशीलताका लागि आर्थिक सहयोग गरिरहेको छ । यो अन्य गन्तव्य देशका लागि नमुना हो,’ बिहीबार केही मिडियामा एप जारी गर्दै उनले भने, ‘यसले कोरियामा सिकिएको सीप, प्रविधि र अनुभव नेपालमा प्रयोग भइरहेको छ ।’

उनले कोरियाको विकासमा नेपाली श्रमिकको योगदान रहेको बताए । ‘कोरियालगायत विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक विकासमा नेपालीहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्,’ उनले भने, ‘ती देशले नेपालीको योगदानलाई कदर गर्नुपर्छ।’

श्रममन्त्री भण्डारीले नेपाली श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेको बताए। ‘त्यो कामका कारण उनीहरूको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यस विकासका साझेदार हामी पनि हौं,’ उनले भने, ‘त्यसैले हाम्रा श्रमिकहरू सम्मानका पात्र हुनुपर्छ। सुरक्षित आप्रवासनको व्यवस्था हुनुपर्छ । उनीहरूले त्यही मुलुकका नागरिकसरह सेवा, सुविधा र पारिश्रमिक पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com