काठमाडौ ११ असार । नेकपा एमालेले नेता बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई लगाएको निलम्बन फुकुवा गरेको छ।
बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डेमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोसिएको थियो।
त्यस्तै नेता भीम रावललाई पार्टीबाटै निस्काशन गरिएको थियो।







प्रतिक्रिया दिनुहोस्