ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–इरान युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा


abc news

काठमाडौ ११ असार । इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि अप्रत्याशित रूपमै टुङ्गिएको हो ।

युद्धको १०औं दिनमा इरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो । इरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गर्‍यो । इरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यराति सामाजिक सञ्जालमा लेख्दै युद्धविराम घोषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरे ।

इरान–इजरायलबीच चलेको १२ दिनको युद्धमा झन्डै ७०० जना इरानी मारिएका छन् । इजरायलतर्फ २८ जना मारिएका छन् । दुवैतर्फ १ हजार जनाभन्दा धेरै घाइते भएका छन् । इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको छ । इजरायलमा पनि हमाससँगको २० महिने युद्धमा भन्दा इरानसँगको १२ दिने युद्धमा बढी भौतिक क्षति भयो ।

इजरायलले इरानको आणविक कार्यक्रम अब फर्काउनै नसक्ने गरी नष्ट गरी युद्धको लक्ष्य प्राप्ति गरेको दाबी गरेको छ । तर इरानले इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने लक्ष्यहरू हासिल गर्न असफल भएको दाबी गरेको छ ।

यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com