ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानमन्त्री नेपालको बयान सकियो, थुनछेक बहस जारी


abc news
असार ११, २०८२ बुधबार  ४ : ५७ बजे

काठमाडौ ११ असार । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ । केही बेर अघि नेपालसँग अदालतमै बयान सकेर थुनछेक बहस सुरु गरिएको हो ।

नेपालसँग बयान लिइसकिएको र अहिले थुनछेक बहस चलिरहेको विशेष अदालतमा सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

२०६६(०६७ ताक प्रधानमन्त्री रहेका बखत पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुटमा उद्योग खोल्न दिइएको जग्गा गैर कानुनी रूपमा बिक्री गर्न अनुमति दिएको अभियोगमा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन मन्त्री डम्बर श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त र पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंह सहित ९३ विरुद्ध अख्तियारले भ्रष्टाचार दायर गरेको थियो ।

सोही मुद्दामा पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । थुनछेक बहस लगत्तै आजै धरौटी वा साधारण तारेखमा छाडने वा पुर्पक्षमा पठाउने भन्ने विषयको टुङ्गो लाग्नेछ । अख्तियारबाट मुद्दा दायरपछि नेपाल प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर, बिगोबमोजिमकै जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ ।

२०४६ को राजनीतिक परिवर्तनपछि अदालतमा भ्रष्टाचार मुद्दा खेप्ने पूर्वप्रधानमन्त्रीमा नेपाल पहिलो हुन् । माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी प्रकरणमा ‘भ्रष्टाचार निवारण शाही आयोग’ लगाएर पक्राउ गरे पनि पछि शाही आयोग खारेजसँगै उक्त आयोगबाट भएका कारबाहीको वैधता पनि खारेज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

सम्बन्धित

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सप्तरीको चुनावी माहोल: ‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा परे — डा. सीके राउत

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com