ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले युद्धविराम उल्लंघन गरेपछि ट्रम्पको चर्को असन्तुष्टि


ABC News

काठमाडौं १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानमाथि आक्रमण कडा चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको भन्दै ‘इजरायलप्रति निकै असन्तुष्ट’ भएको बताएका छन्। उनले इजरायललाई बम खसाल्न बन्द गर्न र ‘तुरुन्तै आफ्ना पाइलटहरूलाई घर फर्काउन’ आह्वान गरेका छन् ।
ट्रम्पले आफ्नो सोसल साइटमा लेखेका छन्ः’इजरायलले इरानमाथि आक्रमण गर्ने छैन। सबै विमानहरू फर्किनेछन् र घर फर्कने क्रममा इरानप्रति मैत्रीपूर्ण ‘प्लेन वेभ’ गर्नेछन्। कसैलाई चोटपटक लाग्ने छैन, युद्धविराम प्रभावमा छ ! यो विषयमा ध्यान दिनुभएकोमा धन्यवाद!’

इजरायली रक्षामन्त्री इजरायल काट्जले तेहरानमाथि ‘तीव्र आक्रमण’ को आदेश दिएको कारणमा इरानले अमेरिका र कतारद्वारा मध्यस्थता गरिएको युद्धविराम उल्लंघन गरेको जबाफ भन्दै आफ्नो युद्धोन्मादी रबैयाको बचाउ गरेका छन् ।
इरानले भने इजरायलको यस्तो दाबी अस्वीकार गरेको छ । तेहरानले पनि इजरायलको कुनै पनि युद्धविराम उल्लंघनको जवाफमा निर्णायक रूपमा प्रतिक्रिया दिन आफ्ना सेनाहरू तयार रहेको चेतावनी फर्काएको छ ।
इरानले सोमबार आफ्ना आणविक स्थलहरूमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियाका रुपमा कतारमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइलहरू प्रहार गरेको थियो ।
इरानका अनुसार, इजरायलले जुन १३ मा आक्रमण शुरू गरेदेखि ४०० भन्दा बढी व्यक्ति (१३ बालबालिका समेत), मारिएका छन् भने कम्तीमा ३,०५६ जना घाइते भएका छन्। इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिको युद्धविराम प्रस्तावलाई उसकै सहयोगी र व्यक्तिगत रुपमा राष्ट्रपति ट्रम्पका अभिन्न मित्र जस्ता देखिएका बेन्जामिन नेतान्याहुले युद्धविराम उल्लंघन गर्दा अमेरिकी बर्चस्व दाउमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com