काठमाडौ १० असार । मोरङको विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीले आज नगरसभाको १६औं अधिवेशनमा पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको हो ।
महानगरपालिकाले ‘छोरी बचाउ, छोरी पढाउ’ कार्यक्रमलाई निरन्तरता दिएको छ । गर्भवती, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स तथा विराटनगरवासीका लागि प्रदान गर्दै आएको शववाहन सेवालाई महानगरले निरन्तरता दिएको छ ।
यस्तै महानगरभित्र सञ्चालित उज्यालो विराटनगर अभियानलाई निरन्तरता दिएको उपमेयर कार्कीले जानकारी दिनुभयो । ‘कर करले हैन, रहरले तिरौँ’ भन्ने नाराका साथ करदाता शिक्षा अभियान सञ्चालन गरी आन्तरिक आय वृद्धि गरिने महानगरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्