ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुवाको नाममा धेरै बजेट छुट्याएको भन्ने आरोपबारे सहरी विकासमन्त्रीको स्पष्टीकरण


abc news
असार १०, २०८२ मंगलबार  ४ : ५५ बजे

काठमाडौ १० असार । सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुबा गणेशमान सिंहको नाममा अत्यधिक बजेट छुट्याएको भन्ने आरोपको खण्डन गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले उक्त बजेट गणेशमान सिंह लगायत लोकतन्त्रका लागि जीवन समर्पण गर्ने महामानवहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्न बिनियोजन गरिएको स्पष्ट पारे।

‘राणा र शाहको शासनकालमा यी स्वनामधन्यहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो,’ मन्त्री सिंहले भने, ‘लोकतन्त्रको पुर्नस्थापनापछि मात्रै राष्ट्रले उहाँहरूलाई सम्मान गर्न पाएको हो।’

उनले बीपी कोइराला, गणेशमान सिंह, पुष्पला श्रेष्ठ, मनमोहन अधिकारी, र मदनकुमार भण्डारीजस्ता व्यक्तित्वहरूको योगदान राष्ट्रले कहिल्यै विस्मृत गर्न नसक्ने बताए।

मन्त्री सिंहले राज्यले विगतदेखि नै यस्ता ऐतिहासिक व्यक्तिहरूको स्मृतिमा विकास कार्यक्रम सञ्चालन गर्दै आएको र यसपालिको बजेट पनि सोही उद्देश्यले बिनियोजन गरिएको उल्लेख गरे।

‘नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति द्वेष हुनु हुँदैन,’ सिंहले भने।

माननीयहरुबाट गणेशमान सिंहको नाममा धेरै रकम विनियोजन भएको भन्ने सन्दर्भमा उठाएका जिज्ञासाको विषयमा राणाहरुको जहाँनीय शासनको मध्ययुगिन शामान्ती पीजडामा थुनिएका नेपालीलाई जनतालाई स्वतन्त्र, सर्वाभौम बनाउन लामो संघर्षमा स्वनामधन्य सपुतहरू बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदनकुमार भण्डारीको योदानको सम्बन्धमा मैले यहाँ बताइ रहनु पर्दैन।

राणा र शाहको शासन कालमा यी स्वनामधन्यको नाम लिनु पनि अपराध ठहरिन्थ्यो। लोकतन्त्रको पुर्नस्थापनापछि मात्रै राष्ट्रले उहाँहरुको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो।

देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता ज्ञापन गर्न विगतदेखि नै राज्यले उहाँहरुको नाममा केही विकास कार्यक्रम गर्दै आएको छ। यस वर्ष पनि स्वनामधन्य महामानवप्रति कृतज्ञतास्वरुप केही योजनामा बजेट विनियोजन गरिएको हो।

नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहाने कसैलाई पनि लोकतन्त्रका नायकहरुको नामप्रति पक्कै द्वेष नहोला। उहाँहरुको योगदानको ऋण त नेपाली जनताले तिर्न सक्दैनन्, तैपनि कृतज्ञता व्यक्त गर्न त सक्छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com