ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्‍यो स्वागत


abc news
असार १०, २०८२ मंगलबार  १ : ४३ बजे

काठमाडौ १० असार । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले स्वागत गरेको छ।

माओवादी केन्द्रका सांसद वर्षमान पुनले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरुसँग भएको सहमति अनुसार समिति बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिए।

‘जेठ २ गते भएको सहमति अनुसार सरकारले हिजै मात्र उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ,’ पुनले भने, ‘जसको जानकारी माननीय गृहमन्त्रीले सम्मानित सदनमा प्रस्तुत गर्नु भएकोछ। म सरकारलाई छानबिनको लागि, अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति जुन बनाएको छ, म त्यसका निम्ति सरकारलाई धन्यवाद व्यक्त गर्दछु।’

उनले समितिले तथ्यगंतरुपमा छानबिन नगरे जनताले नै आलोचना गर्ने समेत बताए। ‘तथ्यसंगत ठंगले छानबिन भएन, यसमा अविश्वास भयो भने निश्य पनि सार्वजनिकरुपले जनताले निगारनी गरिराख्नेछ,’ पुनले भने, ‘आलोचना हुन्छ। खण्डन हुनेछ।’

आफहरु स्वयं पनि यसमा निगरानी र खबरदारी गर्ने भन्दै टीओआर अनुसार काम गर्न समितिलाई शुभकामना समेत उनले दिए।

‘हामी स्वयं प्रमुख प्रतिपक्षको तर्फबाट पनि हामी निगरानी गरिराख्नेछौँ, खबरदारी गरिराख्ने छौँ,’ पुनले भने, ‘अहिलेलाई चाहिँ हामी यो उच्चस्तरीय छानबिन समितिले आफ्नो टीओआर अनुसार आफ्नो काम सम्पन्न गरोस् हाम्रो शुभेच्छा छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com