ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् प्रतिकार्यका लागि ३ ठाउँमा हेलिकप्टर तयारी हालतमा राखिएको छ – गृहमन्त्री


abc news

काठमाडौ १० असार । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन्।

मंगलबार काठडौँमा आयोजित विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका ३ स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए।

‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘ सिमित स्रोत साधनकाबीच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ।’

उनले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो।

विपद् खोजिम न्यनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताए। ‘हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं,’ लेखकले भने, ‘जुनसुकैबेला जे सुकै हुनसक्छ। बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।’

उनले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए। संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम ९काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर० बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उनले बताए।

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उनले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com