ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभामा राप्रपाले आज पनि विरोध जारी राख्ने


abc news
असार १०, २०८२ मंगलबार  ११ : ३१ बजे

काठमाडौ १० असार । राष्ट्रिय प्रजातन्‍त्र पार्टी राप्रपा ले प्रतिनिधि सभाको बैठकमा मंगलबार पनि विरोध जनाउने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा विरोध कायमै राख्ने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बनाएको छानबिन समिति पनि झारा टार्ने काम गरेको ठहर गरेको छ।

‘दलको बैठकले शंकरदास बैरागी नेतृत्वको समिति झारो टार्ने काम गरेको हाम्रो ठहर छ,’ उनले भने।

सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो।

राप्रपाले पछिल्लो समय प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै आएको छ। विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले संसद चलाएको भन्दै उनीहरूले बहिष्कार गर्दै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले पनि भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ।

रास्वपाले विरोधमा वेल घेराउ गर्दै आएको छ। अहिले रास्वपाको पनि संसदीय दलको बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com