ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानका विदेशमन्त्रीको भनाइ


abc news

काठमाडौ १० असार । इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानी विदेशमन्त्री अब्बास अराघचीले परोक्ष रूपमा बताएका छन्।

उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै इसराइललाई अन्तिम समयसम्म जवाफ दिएकोमा इरानी सेनालाई बधाइ दिएका छन्।

‘हाम्रो शक्तिशाली सेनाले इसराइली आक्रमणलाई जवाफ दिने काम अन्तिम मिनेट, बिहान ४ बजेसम्म जारी राख्यो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

यसअघि उनले युद्धविराम हुनसक्ने संकेत गर्दै भनेका थिए, ‘इसराइलले तेहरानको समयअनुसार बिहान ४ बजेसम्ममा आक्रमण बन्द गर्‍यो भने हाम्रो पनि जवाफी कारबाही गर्ने कुनै इरादा छैन।’

तेहरानको समय इसराइलको भन्दा आधा घन्टाअघि छ। इसराइलमा बिहान ४ बज्नेबित्तिकै अराघचीले सामाजिक सञ्जालमा लेखेका हुन्।

उनले थप लेखेका छन्, ‘सबै इरानीसँगै म हाम्रा साहसी सुरक्षाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु जो हाम्रो देशको रक्षा गर्न शरीरमा रगतको अन्तिम थोपासम्म तयार थिए र जसले अन्तिम मिनेटसम्म शत्रुलाई जवाफ दिए।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इजरायल र इरानबीच युद्धविराम हुने जनाएका थिए।

राष्ट्रपति ट्रम्पले गएराति सामाजिक सञ्जालमा लेखेका थिए, ‘इसरायल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।’

ल्अज
िल्अभिि
इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको केही घण्टामा उनले यो युद्धविरामबारे सामाजि सञ्जालमा लेखेका हुन्।

अमेरिकालाई सूचना दिएरै इरानले आफ्नो सैन्य अखडामा ती मिसाइल आक्रमण गरेको पनि ट्रम्पले दाबी गरेका छन्। इरानले हानेका १४ मध्ये १३ मिसाइल झारिएको र कुनै पनि अमेरिकी सैनिकलाई कुनै चोटपटक नलागेको राष्ट्रपति ट्रम्पले दाबी गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

इरानले अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गर्नुअघि नै युद्धविरामका लागि सहमत भएको आकलन गरिएको छ। अमेरिकाले आफ्ना आणविक केन्द्रहरूमा गरेको आक्रमणको बदलामा आफूले पनि अमेरिकी सैन्य अखडामा प्रहार गरेको भन्ने आफ्ना नागरिकलाई देखाउन मात्रै इरानले ती मिसाइल प्रहार गरेको आकलन गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडि भान्सले ‘युद्ध सकिने देखिएको र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन्।

तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com