ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको हवाइ हमलाको जबाफमा इरानी मिसाइलहरू इजरायलमा बर्षिए


ABC News

काठमाडौं ९ असार । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिका र इजरायलले आफ्नो देशमाथि गरेको हमलाको जबाफमा ‘जायोनी शत्रु’ लाई सजाय दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
खामोनीको यो पहिलो टिप्पणी हो। अमेरिकाले इजरायलको साथमा इरानमाथि हमला गरेपछि इरानी जनतासमेत आफ्नो साथमा भएको खामोनीको दावी छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वको अन्त्यको संकेत गर्दै सोसल ट्रुथमा लेखेका छन् ‘यदि वर्तमान इरानी शासनले इरानलाई फेरि महान बनाउन सक्दैन भने, शासन परिवर्तन किन नगर्ने ‘ ?
इजरायल र इरानले एकअर्कामाथि हमलाहरू जारी राखेका छन् । विश्व समुदाय तेहरानले अमेरिकी बमबारीको प्रतिशोधको पर्खाइमा छ। इरानी राष्ट्रपति मासुद पेजेशकियानले भने, ‘अमेरिकीहरूलाई उनीहरूको आक्रामकताको जवाफ दिनुपर्छ।’
यसैबीच संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायले फोर्डो, नातान्ज र इस्फाहान साइटहरूमा अमेरिकी बमबारीपछि बाहिरी क्षेत्रमा विकिरण स्तरमा वृद्धिको कुनै रिपोर्ट नआएको जनाएको छ।
इरानका अनुसार, जुन १३ मा इजरायलले हमला शुरू गरेदेखि कम्तीमा ४०० भन्दा बढी मानिसहरू मारिएका छन् र ३ हजारी बढी जना घाइते भएका छन्। इजरायलमा भने इरानी हमलाहरूबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ।
इजरायली सेनाले तेहरानमा १,१०० भन्दा बढी निसानाहरूमा सयौँ हमलाहरू गरेको दाबी गरेको छ । इजरायलले आणविक खतरा निष्क्रिय पार्ने र इरानको ब्यालिस्टिक मिसाइल र हवाई रक्षा प्रणालीमा ठूलो क्षति पुर्‍याउने उद्देश्य राखिएको बताउँदै आएको छ ।
इजरायली वायुसेनाले तेहरानमाथि ‘पूर्ण हवाई प्रभुत्व’ कायम गरेको दाबी गरेको अलजजिराटिभीले उल्लेख गरेको छ।
इरानले शुक्रबार रातिदेखि इजरायलमाथि लगभग ४५० मिसाइल र १ हजार भन्दा ड्रोनहरू प्रहार गरेको छ । इरानी हमलाले इजरायलको बहु स्तरीय हवाई रक्षा प्रणालीले रोकेको छ। तेल अविव र हाइफा जस्ता सहरहरूमा मिसाइलहरूले आवासीय क्षेत्रहरूमा क्षति पुर्‍याउँदा दर्जनौँ घाइते हुनुका साथै केहीको मृत्यु भएको बताइएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल खतरालाई हटाउन ‘ऐतिहासिक मोड’ मा रहेको बताएका छन्। उनले इरानको सर्वोच्च नेता खामेनीको हत्याको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन्।
अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा थप सैन्य बलहरू पठाउनुका साथै राष्ट्रपति ट्रम्पले इरानले अमेरिकी हित वा सैनिकहरूलाई निशाना बनाएमा ‘अझ क्रूर’ हमलाहरू गर्ने चेतावनी दिएका छन्।
यो सङ्घर्षले क्षेत्रीय तनावलाई चरमोत्कर्षमा पुर्‍याएको छ भने विश्व समुदायले यो युद्ध पूर्ण क्षेत्रीय सङ्घर्षमा परिणत हुन सक्ने आशङ्का व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघ र अन्य कूटनीतिक निकायहरूले तत्काल युद्धविरामको लागि आह्वान गरेपनि हालसम्म कुनै ठोस प्रगति भएको छैन।
स्रोतहरूः अल जजिरा, न्यूयोर्क टाइम्स, रोयटर्स,

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदल मार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com