काठमाडौ ९ असार । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको बताएको छ।
यस क्रममा १५ वटा विमान नष्ट भएको र धावनमार्गमा क्षति पुगेको दाबी उसले गरेको छ।
इजरायली रक्षा बलले सामाजिक सञ्जालमार्फत इरानमा आक्रमणको दाबी गरेको हो।
आईडीएफले भनेको छ( आक्रमण पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको हो।
इजरायली सेनाले धावनमार्ग र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको पनि बताएको छ।
आईडीएफले गरेको दाबीअनुसार इजरायलको हवाई आक्रमणमा इरानका एफ(१५ र एफ(५ लडाकु विमान, इन्धन भर्ने विमान एएच(१ कोब्रा अट्याक हेलिकप्टर नष्ट भएका छन्।
इरानले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
प्रतिक्रिया दिनुहोस्