ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको इस्लामिक रिभोलुसनरी गार्डकोरका गुप्तचर प्रमुख सहित तीन जना कमाण्डर मारिए


ABC News

काठमाडौं २ असार । इजरायलको इरानमाथिको आक्रमणको चौथो दिन प्रवेश गर्दैगर्दा सोमबार विहान इजरायली आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) का शीर्ष गुप्तचर तीनजना अधिकारीको हत्या भएको छ । आइआरजीसीले वक्तव्यमार्फत हत्या भएको स्वीकार गर्दै ‘जायोनी शासनको पूर्ण विनाश’नहुँदासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको इरानी विदेश मन्त्रालयले जनाएको छ ।

\


आइआरजीसी को गुप्तचर संगठनका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद काजेमी इजरायलको पछिल्लो आक्रमणमा मारिएका हुन् । काजेमीका डेपुटी हसन मोहागेग र अर्का वरिष्ठ कमान्डर मोहसेन बाकेरी पनि सोही आक्रमणमा मारिएको विज्ञप्तिमा उल्लेख छ। यी तीन वरिष्ठ कमान्डरहरूलाई तेहरानको एक आवासीय क्षेत्रमा निशाना बनाइएको प्रेस टिभीले जनाएको छ।
क्ष्जवाफी कारबाहीस्वरूप आइआरजीसीको एरोस्पेस फोर्सले अपरेशन ट्रु प्रोमिस थर्ड को तेस्रो चरणको हिस्सास्वरूप जायोनी शासनका गुप्तचर केन्द्रहरूलाई लक्षित गरी नयाँ मिसाइल हमलाहरू शुरू गरेको दावी गरेको छ ।
इरानले तेल अवीव र हाइफा सहित कब्जा गरिएको प्यालेस्टाइनी क्षेत्रहरूमा रहेका महत्त्वपूर्ण र रणनीतिक स्थानहरूमा समन्वयित मिसाइल र ड्रोन हमलाहरू गरेको दावी गरेको छ। यी हमलाहरूले हवाई अड्डा, सैन्य र गुप्तचर केन्द्रहरू, औद्योगिक परिसरहरू, र लडाकु विमान उत्पादन स्थलहरूलाई निशाना बनाएका छन्।

इजरायल–इरान तनावको पछिल्लो अवस्था
आइतबार इजरायली हमलामा आइआरजीसीका गुप्तचर प्रमुख र दुई अन्य जनरलहरू मारिएका छन्। इजरायलले लगातार तेस्रो दिन तेहरान र अन्य इरानी शहरहरूमा हमला गरेको छ । जवाफमा इरानले इजरायलमा प्रतिशोधात्मक हमलाहरू गरेको छ।


इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलले इरानमाथिको हमला रोकेमा इरानको जवाफी कारबाही पनि रोकिने बताएका छन्। इरानले इजरायली हमलापछि कम्तीमा २२४ व्यक्तिको मृत्यु भएको जनाएको छ । इजरायलमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

यसैबीच, इजरायलको गाजा युद्धमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ५५,३६२ व्यक्तिको मृत्यु भएको छ भने १२८,७४१ जना घाइते भएका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको हमलामा इजरायलमा अनुमानित १,१३९ व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com